पब्जी निर्माताले यस्तो नयाँ अनलाइन गेम ल्याउँदै

Posted on: 17 Dec, 2019

पुस १, एजेन्सी |  विश्वको सबैभन्दा बढी लोकप्रिय अनलाइन गेम पब्जी रहेको छ | उक्त पब्जिका निर्माता  ब्रेन्डन ग्रिनले अर्को एउटा नयाँ अनलाइन गेम ल्याउने भएका छन् | पब्जी निर्माताले तयार गरिरहेको उक्त नयाँ गेमको नाम Prologue राखिसकिएको छ |

उक्त कम्पनीले नयाँ गेमको  ३० सेकेण्ड लामो टिजर पनि सार्वजनिक गरिसकेको छ | टिजर हेर्दा यो एक सर्भाइभल गेम हो भन्ने अनुमान गर्न सकिन्छ | टिजरबाट अर्को के कुरा पनि थाहा पाउन सकिन्छ भने उक्त गेमको मुख्य पात्र एकजना पुरुष रहेको छ | जसले कठीन परिस्थितिमा पनि ज्यान जोगाउने कोसिस गर्दछ |

यस गेमको बारेमा थप जानकारी दिन कम्पनीले दोस्रो तिजर पनि सार्वजनिक गर्ने जनाइएको छ | टेनसेन्टले अब ल्याउने नयाँ गेम सस्तो खालका तथा कमसल स्मार्टफोनमा समेत खेल्न सकिने बनाउनेछ | पब्जी गेम लोकप्रिय भए पनि शक्तिशाली हार्डवेयर भएका स्मार्टफोनमा मात्र राम्रोसँग चल्ने तर बजेट स्मार्टफोनमा राम्रोसँग खेल्नमा समस्या आउने प्रयोगकर्ताहरुको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!