सामसुङ फाइभ-जी स्मार्टफोन बिक्री गर्नमा विश्वमै अगाडि, आइफोंलाई समेत पछि पार्यो

Posted on: 07 Jan, 2020

पुस २२, एजेन्सी | फाइभ-जी स्मार्टफोन बिक्री गर्नमा  विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माणकर्ता सामसुङ अगाडी रहेको छ | दक्षिण कोरियाली प्राविधिक कम्पनी  सामसुङले  २०१९ मा मात्र आधा भन्दा बढी विश्वबजारमा सामसुङले ६७ लाख फाइभ–जी स्मार्टफोन विक्री गरेको जनाएको छ |

गत मेमा लन्च गरेको ग्यालेक्सी एस–टेन फाइभ–जी मार्फत द्रुत गतिको नेटवर्कमा अत्याधिक लाभ उठाउँदै सामसुङ पहिलो भएको हो | सामसुङले ग्यालेक्सी सिरिज अन्र्तगत नोट टेन फाइभजी, नोट टेन प्लस फाइभजी, ए९० फाइभजी र ग्यालेक्सी फौलड फाइभजीगरी चारवटा अन्य फाइभ–जी स्मार्टफोन सार्वजानिक गरिसकेको छ भने आइफोन निर्माणकर्ता एप्पलले भने २०२० को अन्त्यसम्ममा मात्र फाइभ–जी सँग सम्बन्धित प्रविधि ल्याउने बताएको छ |

सामसुङले हुवावे र वासिङटनबीच जारी विवादबाट अधिक लाभ प्राप्त गरेको कम्पनीका रिसर्च प्रमुख टीएम रोले ले बताएका छन् | अमेरिकाले गत वर्ष  हुवावेलाई कालोसूचीमा राखि  कारोबार गर्नमा प्रतिबन्ध लगाएको थियो |

यसरी वायरलेस प्रविधिको व्यापकता बढ्दै जाँदा सामसुङको अग्रता कायम रहने प्राविधिक विज्ञहरुको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!