वैज्ञानिकले फेला पारे दुइटा 'ह्वाईट ड्वार्फ' विस्फोटन भएर बनेको विशाल तारा

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौँ | वैज्ञानिकहरूले विस्फोटन भएर बनेको एउटा विशाल तारा पत्ता लगाएका छन् | उक्त तारा  हिउँ थुपारेर बनाइने 'स्नोम्यान'को जस्तो देखिएको छ |  तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै भएको वैज्ञानिकहरूले बताएका छन् |

उक्त खगोलीय पिण्ड दुइटा 'ह्वाईट ड्वार्फ' तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ | ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ |

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन् | केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ | ताराको नाम  WDJ0551+4135  दिइएको छ |

ताराको वायुमण्डलमा  अस्वाभाविक कार्बन पाइएको बताइएको छ | वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ | उनले भने, "यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।"-बीबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!