डाक्टरको लापरबाहीले बाजुरामा सुत्केरीको ज्यान गयो

Posted on: 23 Jul, 2016

रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याएकी थापाको मृत्यु भएको उनका आफन्त गणेश थापाले बताएका छन् । 

सुत्केरी व्यथा लागेको दिन जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको थियो । आकस्मिक प्रसुती केन्द्रमा काम गदै आएका डाक्टर राजन न्यौपानेले शरिरमा रगतको कमि भएको थाहा भएको भए पनि कुनै वास्ता नगरी गर्भवती महिलाको अप्रेसन गरी बच्चा निकालीएको आफन्तको आरोप लगाएका छन्  । 

मृत्युको मुखमा पुगेकी थापाको अप्रेसन पछि डाक्टर न्यौपानेले पिसाव रोकिएको भन्दै बाजुराबाट नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा रिफर गरेको उनले बताएका छन् । रिफर पछि नेपालगंज कोहलपुर मेडिकलमा ९ दिनपछि उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाण्डौमा रिफर गरिएको थियो । 

सुत्केरी गराउँदा कुनै चेकजाँच नगरी मनोमानी ढंगले उनको अप्रेसन गरेको पिडितको गुनासो छ् । उनको स्वास्थ्यमा रहेका दुवै मृगौलाले काम गर्न छाडेको र सुत्केरी महिला दिर्घ रोगी भएको भन्दै डक्टर न्यौपानेले अप्रेसन गरेको श्रीमान मान बहादुर ओलीले बताउनु  भएको छ  । 

डाक्टर न्यौपानेले मुखले एक भनेको र काम गर्दा अर्कै गरेको ओलीले भनाई छ । असार १७ गते अप्रेसन गरी बच्चा पाएको । असार १८ गते पिसाव रोकिएको भन्दै रिफर गरिएको ओलीको भनाइ छ । पिडित ओलीका अनुसार नेपालगञ्जमा उपचार गराउदा दिर्घ रोगी नभएको र शरिरका दुबै मृगौलाले काम गरि रहेको कोहलपुर मेडिकलले जनाएको छ । डाक्टर न्यौपानेको लापरबाहीका कारणले मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा मुद्धा दर्ता गरेको बताएका छन् । 

दोषीलाइ कारबाही र छानविन  गरी नेपाल काउन्सिल प्रमाण पत्र खारेजीका लागि  दर्ता गराएको बताईएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले कोहलपुर मेडिकल अस्पतालबाट नै दिर्घ मृगौला रोगी भएको जानकारी आएको बताउनु भयो । 

अप्रेसन गर्दा कुनै समस्या नभएको उहाँले बताउनु भयो । उनको मृत्यु के कसरी भयो यो बारेमा आफुलाइ कुनै जानकारी नभएको र डाक्टर न्यौपानेको त्यस्तो कुनै   गल्ती देखिदैन ।  तर आफन्त गणेश थापाले भने निमोनिया भएका कारणले मृत्यु भएको अन्तिम रिपोर्टमा लेखिएको बताउनु भयो । 

यस घटना बारे जिल्ला प्रशासन कार्यालय बाजुराले पनि चांसो देखाएको छ । घटना विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले डाक्टर न्यौपानेलाई बोलाएर सो बारे जानकारी लिनुभएको छ । मृतककी २ महिनाकी छोरी साहाराबिहिन भएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!