भोली नेपाल बन्दको घोषणा

Posted on: 24 Jul, 2016

नरी बडु | साउन ९, बैतडी |  भोली अर्थात साउन १० गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले नेपाल बन्दको घोषणा गरेको छ ।

कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा माओबादीले भोली देशभर नेपाल बन्दको घोषणा गरेको हो । सुकुम्बासीहरुको तत्काल सुरक्षित ठाँउमा पुनस्थापनको माग गर्दै विप्लब नेतृत्वले नेपाल बन्दको घोषणा गरेको नेकपा माओबादी बैतडीका जिल्ला सचिवालय सदस्य रामसिह कुवरले जानकारी दिए ।

कुवरका अनुसार १० गते भोली अर्थात सोमबार बैतडी मा पनि यातायात, शिक्षण संस्था, सरकारी कार्यालय बन्द हुने छन् । भोलीको बन्द शान्तिपुर्ण हुने उहाँको भनाई छ । बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा प्रहरीलाई चनाखो रहन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!