बाबुआमासँगै खाटमा सुतेकि ४ वर्षीया छोरीको शव नहरमा भेटियो

Posted on: 25 Jul, 2016


अभिमनु पटेल । साउन १०, रौतहट । एउटै खाटमा चार जना सुतेको बेला ४ वर्षीय बबिता राम हराएपछि खोज्दै जाँदा मृतक अवस्थामा फेला पर्यो ।

गरुडा नगरपालिका वार्ड नं ५  शिवनगरमा बस्ने बिगु रामको ४ बर्षीय छोरी बबिता राम राति घरबाट सुतेको बेला १२ बजे देखि हराएको घरपरिवारले रात भरी गाउँमा खोज्दा छोरी कतै नभेटेपछि गाउबासीले शिवनगर प्रहरी चौकीमा जानकारी गराए थियो ।

बबिता रामलाई खोज्दा खोज्दै नहरमा मृतक अवस्थामा शव भेटियो । शिवनगर चोकदेखि पश्चिम पोठियाही जाने सडक खण्डमा रहेको नहरमा बबिता रामको शव आज ४ बजेको समयमा भेटिएको छ ।

बबिता रामको घटना बारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!