कार्यालयको विल आफुले तिर्नुपरेको कर्मचारीको गुनासो

Posted on: 27 Jul, 2016

साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा लागेको रकम आफुहरुले तिर्नुपर्दा कर्मचारीहरुले गुनासो पनि गरेका छन । रकम निकासाको लागि कार्यालय प्रमुखले लेखामा सिफारिस गरेपनि मर्मतको शिर्षकमा रकम नभएकाले आफुले भुक्तानी दिन नसकेको लेखापाल खिम बहादुर डाँगीले बताएका छन ।

भुक्तानीको लागि समयमा विल नआएकाले पनि कार्यालयले दिन नसकेको डाँगीले जनाएका हुन । महिना महिनामा विल आउनुपर्नेमा असारको अन्तिममा विल आएकाले कार्यालयले मिलाउन नसकेको बताएका छन । त्यस्तै उनले कर्मचारीसंग इन्धन बाहेकको मर्मत रकम कर्मचारीले नै व्यहोर्नुपर्ने सहमति पहिला नै भएकाले यसमा विवाद गर्न नहुने बताएका छन ।

लेखापाल डाँगीले समयमा विल आएको भए कार्यालयबाट भुक्तानी दिन मिल्ने अनी समयमा विल नआएमा कर्मचारीले व्यहोर्नुपर्ने विवादास्पद कुरा गरेको सम्बन्धित कर्मचारीहरुले आरोप लगाएका छन । उनिहरुले इन्जिनियर र लेखापालको आपसी विवादका कारण आफुहरुले लाखौ रकम तिर्न परेको गुनासो गरेका छन । 

तर प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्माले भने आफहरु विचमा कुनै विवाद नभएको भन्दै मर्मतको लागि कर्मचारीबाट भुक्तानीहुने गरि कुरा मिलिसकेको र मर्मतको स्रोत नभएकाले मिलाएर पठाउन निर्देशन गरिसकेको बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!