खोलामा डुबेर ३ बालकको ज्यान गयो

Posted on: 29 Jul, 2016

साउन १४, बुटवल । रुपन्देहीमा खोलामा डुवेर तिन जना बालकको ज्यान गएको छ । लुम्बिनी साँस्कृतिको नगरपालिका वडा नम्बर १ खुनगाइ खोलामा डुबेर ११ वर्षिय अनिषा बाँनिया, १० बर्षिय श्यामलाल कुँहर र १२ बर्षिय पिकी सिंङको खोलामा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


प्रहरीले पौडि खेल्ने क्रममा उनिहरुको मृत्यु भएको अनुमान लगाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!