प्रदेश नं १मा कोरोनाबाट थप पाँच जनाको मृत्यु

Posted on: 17 Oct, 2020

कात्तिक १, मोरङ (रासस) । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् । 

 सामाजिक विकास मन्त्रालयले  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ ।  प्रदेशमा सोही अवधिमा ४८१  कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् ।

उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ ।  हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!