गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण

Posted on: 30 Jul, 2016

ललित बोहरा | साउन १५,डडेल्धुरा | सार्वजनीक निजी साझेदारी आधारीत एक गाउँ एक उत्पादन ओभिपी मह उत्पादन तथा प्रशोधन कार्यक्रम अन्र्तगत गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण गरीएको छ ।  गाङखेत गाबिस  १ का एक सय किसानलाई ५० प्रतिशत अनुदान सहयोगमा नवचेतना बहुउद्देश्यीय सहकारी संस्था मार्फत किसानलाई बितरण गरेको हो ।

मौरीपालनका लागी उपयूक्त भएकाले  गाङखेत गाबिसलाई मह उत्पादनका लागी पोकेट क्षेत्र बनाउने उद्देश्यले पहिलो चरणमा एक सय मौरी घार बितरण गरीएको जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराले जनाएको छ ।  जिल्ला कृषी कार्यालय डडेल्धुरा र उधोग वाणिज्य संघ डडेल्धुराको सहयोगमा सरहकारी सस्थामार्फत बितरण गरेको हो । गाबिसका मौरीपालक किसानहरुलाई मौरीपालन तिर आकर्षीत गर्ने र बजार ब्यस्थापन समेत गरीने जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराका बरिष्ठ कृषी बिकाश अधिकृत दिनेश सापकोटा बताएका छन ।

शनीबार एक औपचारीक कार्याक्रमको अयोजना गरी नवचेतना बहुउद्देश्यीय सहकारी संस्थालाई प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिह, कृषी बिकाश अधिकृत दिनेश प्रशाद सापकोटा र उघोग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम पनेरुले संयोक्त रुपमा हस्तारण गरेको हो । बितरण कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका बरिष्ठ पशु बिकाश अधिकृत डा.चन्द्र ढकाल उधोग वाणिज्य संघका समम्पुर्ण कार्यसमीतका पथम उपाध्यक्ष ,द्धितीय उपाध्यक्ष ,महासचिव, सचिब,र सदस्याहरुको उपस्तीथी रहेको थियो । बितारण कार्यक्रममा बोल्दै नवचेतना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खेम जैसीले आफुहरुले परम्परागत घारमा मौरीपालदै आएको र अब आधुनिक घार ५० प्रतिशतमा पाउदाँ निकै खुसी ब्यक्त गरेको थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!