एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? यस्तो छ तरिका

Posted on: 04 Nov, 2020

कात्तिक १९,  काठमाडौँ । हिजोआज प्राय मानिसहरू डुअल सिम लाग्ने फोन चलाउने गर्दछन् । एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? भनेर जानकारी खोजिरहनु भएको छ भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुन् सक्छ ।

एकै मोबाइलमा रहेको  दुईवटै नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ । यसका लागि अहिलेका स्मार्टफोनमा ‘एप क्लोनिंग’ फिचर समावेश भएको छ। यस फिचरको सहायताले एउटा फोनबाट दुईवटा ह्वाट्सएप अकाउन्ट चलाउन सकिन्छ।

कसरी चलाउने?

१. पहिला मोबाइलको सेटिङमा जाने

२. तलतिर स्क्रोल गर्ने। यहाँ एप्लिकेसन वा परमिसनको विल्कप देखाउँछ। त्यसमा क्लिक गरेपछि एप क्लोनको अप्सन देखाउँछ। त्यसमा क्लिक गर्ने।

३. एप क्लोनमा फोनका सबै एप्लिकेसन देखाउँछ। त्यसमध्ये ह्वाट्सएपमा क्लिक गर्ने। त्यहाँ क्लोन एपको अप्सन देखाउँछ। त्यसलाई अन गरेपछि ह्वाट्स एपलाई क्लोन बनाइदिन्छ।

४. अब दोस्रो नम्बरबाट पनि ह्वाट्सएप चलाउन सकिन्छ।

यदि मोबाइलमा क्लोन फिचर भेट्नु भएन भने सर्चमा गएर एप क्लोन, डुअल एप वा एप ट्वीन लेखर सर्च गर्नुस्। यसो गर्दा सिधैं एप क्लोन फिचरमा जान सकिन्छ।

फोनमा क्लोन फिचर नभए पनि अलग–अलग नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ। यसको लागि गुगल प्ले–स्टोर वा एप स्टोरमा भएको प्यारालल स्पेस जस्तै क्लोन मेकिंग एपको मद्दत लिन सकिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!