आइस्पानका अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन

Posted on: 05 Nov, 2020

कार्त्तिक २०,  काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन हुनुभएको छ । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र  कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन हुनुभएको छ । 

यसैगरी सङ्घका वरिष्ठ सल्लाहकारमा वल्र्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन हुनुभएको सङ्घले जनाएको छ । बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो ।  उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले  नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!