सामसङले नयाँ स्मार्टफोन ल्याउँदै, के-के छन् फिचर्स ?

Posted on: 08 Nov, 2020

कार्तिक २३, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने भएको छ | एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको बताइएको छ |

कम्पनीले यसबारे आधिकारिक जानकारी भने गरेको छैन | यो स्मार्टफोन ग्यालेक्सी ए११ को अपग्रेडेड भर्जन हुन सक्ने बताईएको छ | अब आउने स्मार्टफोनमा प्रयोगकर्ताले एनएफसी सर्पोट सुविधा पाउने छन्। यसमा ६४ जिबी स्टोरेज हुने छ | उक्त फोनमा ग्यालेक्सी ए११ मा दिइएको जति नै प्रोसेर दिइने छ। यो बाहेक उत्कृष्ट फोटोग्राफीको लागि यसमा तीनवटा क्यामेरा हुनसक्ने छन् | 

फोनमा मुख्य क्यामेरा १३ एपमीको हुनसक्ने छ। यसबाट के स्पष्ट हुन्छ भने कम्पनीले यो फोन इन्ट्री लेबल सेगमेन्टमा लञ्च गर्छ। ग्यालेक्सी ए १२ ब्ल्याक, रेड, ह्वाइट र ब्लु गरी चारवटा रङमा आउने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!