विश्वभर फेसबुकको म्यासेन्जरमा समस्या

Posted on: 10 Dec, 2020

मंसिर २५ , काठमाडौं | सामजिक सञ्जाल म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ | अहिले विश्वका फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जर प्रयोगकर्ताले समस्या आएको बताएका हुन् | यधपी अहिले सम्म फेसबुक तथा इन्स्टाग्रामले आफ्नो म्यासेन्जरमा केभएको हो भन्ने बारेमा केहि बताएका छैनन् |

नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो | फेसबुक म्यासेन्जरमा म्यासेजहरु आउन र पठाउनमा समस्या देखिएको प्रयोगकर्ताहरुले बताएका छन् |

युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!