विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनको सूचि सार्वजनिक,कति नम्बरमा कुन एप ?

Posted on: 14 Dec, 2020

मंसिर २९, एजेन्सी | सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूचीको पहिलो नम्बरमा  टिकटक परेको छ | यसअघि सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरु मध्ये फेसबुक पहिलो नम्बरमा रहेको थियो |

उक्त एप फेसबुकलाई पछि पार्दै टिकटकले पहिलो स्थान ओगटेको एप विश्लेषण गर्ने कम्पनी एप एन्नीले जनाएको छ | यसअघि  सन् २०१९ मा टिकटक सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको थियो |

सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै हुने एप एन्नीले जनाएको छ | सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक,तेश्रो स्थानमा ह्वाट्सएप,चौथो स्थानमा जूम रहेको छ |

त्यस्तै इन्स्टाग्राम पाँचौ नम्बरमा,छैटौमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ | स्नापच्याट, टेलिग्राम र लाइकी आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् | त्यस्तै प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा  टिन्डर पहिलो स्थानमा र टिकटक दोश्रो स्थानमा छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!