सामसङले ‘एस–२१ प्लस’ स्मार्टफोन ल्याउँदै,के छन् विशेषता ?

Posted on: 14 Dec, 2020

मंसिर २९, एजेन्सी | दक्षिण कोरियाली स्मार्ट फोन् कम्पनी सामसङको नयाँ ग्यालेक्सी एस–२१ सिरिज अर्को वर्ष सार्वजनिक गर्ने भएको छ | सामसङलेएस–२१ प्लस मोडल सहित फिचर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् | 

नयाँ ग्यालेक्सी एस–२१ मोडलमा निकै सानो बिजेल्स रहेको छ | उक्त बिजेल्स फोनको फ्रेम र स्क्रिन बीचको ठाँउमा हो | कम्पनीका अनुसार,मोबाइल स्क्रिनको ठिक माथि एउटा सेल्फी क्यामरा र पछाडी तीन वटा सेन्सर भएको क्यामरा रहेका छन् |

सामसङले यो मोडल २०२१ जनवरी १४ मा सार्वजनिक गर्ने बताएको थियो | हाल सम्म कम्पनीले यी मोडलहरु बारे आधिकारिक जानकारी नदिएपनि ग्यालेक्सी एस–२१ खैरो, गुलाबी, बैजनी र सेतो रंगमा आउने अनुमान गरिएको छ | ग्यालेक्सी एस–२१ प्लस गुलाबी, बैजनी, कालो र चाँदी रंगमा आउने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!