टेलिकमबाट फाइभ-जी परीक्षण थाल्ने निर्णय

Posted on: 28 Mar, 2021

चैत १५, काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो ।

समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका अनुसार समितिले टेलिकममार्फत परीक्षण थाल्ने अनुमति दिएकाले बाँकी निर्णय दूरसञ्चार प्राधिरकणले गर्नेछ । 

प्राधिकरणले समितिसमक्ष ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ३४ सय, ३६ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गर्न सिफारिस गरेको छ । हाल प्रयोगमा रहेका फ्रिक्वेन्सीमा प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल)मार्फत परीक्षण गर्ने गरिनेछ ।

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!