कतार एयरवेज जडान गर्यो यस्तो सिस्टम

Posted on: 22 Apr, 2021

वैशाख ९, दोहा । कतार एयरवेजले भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम जडान गरेको छ । एयरवेज युभी क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको हो ।


हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ । 

क्लिनिकल परीक्षणहरूमा, यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरिया निष्क्रिय पार्ने बताइएको छ । एयरवेजका अनुसार हनिवेल यूभी क्याबिन सिस्टम भी २को पछिल्लो संस्करण को १७ युनिटहरु प्राप्त गरेपछि सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको परीक्षण गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!