नेपाल टेलिकमले ल्यायो सस्तो शुल्कमा डाटा र भ्वाइस प्याक सुविधा, कसरी लिने ?

Posted on: 04 May, 2021

वैशाख २१, काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकलाई सहजरुपमा उपयोग गर्न सक्ने गरी आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याइएको बताएको छ ।

टेलिकमले एक दिने, अनमिलिटेड २ घण्टा, ७ दिने र २८ दिने डाटा र भ्वाइस सस्तो शुल्कमा उपलब्ध गराएको बताएको छ ।

कसरी लिने सस्तो प्याक

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक

२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गर्न सकिन्छ ।

२. सात दिनका लागि १.५ जीबी प्याक

७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक

२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*8*2# डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक

रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने टेलिकमले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!