सावाधान : 'होण्डाका नाममा म्यासेज आतंक, चोरिएला ब्यालेन्स र डाटा'

Posted on: 22 Jul, 2021

साउन ७, काठमाडौं । जापानीज् कार तथा मोटरसाइकल निर्माता होण्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिंक अहिले सबै फेसबुक प्रयोगकर्ताको म्यासेजमा आईरहेको छ । उक्त लिंकमा क्लिक गरेपछि स्कुटर उपहार जितेको भिडियो सन्देश र त्यसमा सहभागी हुन केही नियमहरू राखिएको देखाईएको छ । 

म्यासेजमै उक्त उक्त लिंक सहितको म्यासेज ५ ओटा ग्रुप वा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त तोकिएको छ । ५ देखि ७ दिनभित्र स्कुटर पाईने अफबाह फैलाईएको छ । 

होन्डाको नेपालस्थित आधिकारिक बितरक श्याकार ट्रेडिङले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणहरुलाई उक्त फेक लिंक नखोल्न आग्रह गरेको छ। सर्वसाधारणको व्यक्तिगत सूचनासम्म पहुँच राख्‍नका लागि आएको फेक लिंक भएकाले कसैले पनि नखोल्न कम्पनीले आग्रह गरेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!