भारतमा फाइभजीको परिक्षण सफल

Posted on: 30 Nov, 2021

मंसिर १४, काठमाडौँ , एजेन्सी | भारतमा फाइभजीको परिक्षण सफल भएको छ। भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको हो। पुनेमा गरिएको परीक्षणमा कम्पनीले फाइभजीमा ४.१ जीबीपीएसको स्पीडमा इन्टरनेट चलाएर परिक्षण सफल पारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

भोडाफोनले भारतका मुख्य तीन सहर पुने, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको जनाएको छ। अब फाइभजी व्यवसायिक रुपमा सञ्‍चालन हुने कम्पनीले जनाएको छ।

हाल भारतका विभिन्न सहरमा एयरटेल तथा भोडाफोनले फाइभजी परीक्षणको काम गरिरहेका छन्। भोडाफोनको गान्धीनगरमा नोकियासँग र पुनेमा एरिक्सनसँग परीक्षण भइरहेको छ। त्यसमध्ये पुनेको परीक्षणमा ४.१ जीबीपीएस गति हासिल भएको कम्पनीको जनाएको छ।

उक्त स्थानमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो। थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार परीक्षण क्रममा मेडिकल, क्लाउड गेमिङ, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा जोड्नका लागि प्रयोग गरिने छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!