जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई बिभीन्न सामाग्रीहरु हस्तान्तरण

Posted on: 30 Aug, 2016

ललित बोहरा, भदौ १४, डडेल्धुरा । रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

जिल्ला दैबी प्रकोप उद्धार समीतिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहलाई पहल परियोजनाले एक सार्वजनीक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो । परियोजनाले बाढी पहिरो लगायतका दैबीक प्रकोपमा परेकाहरुलाई प्रभाबकारी उद्धार गर्ने उद्देश्ले २५ परिवारलाई पुग्नेगरी कम्बल २५ थान, तिरपाल डेक्ची ७५ थान, जग ७५ थान लगायतका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको परियोजनाका प्रतिनीधी अमर साँउदले बताएका छन ।

 पहल परियोजनाले सुदुरपश्चिमका ७ पहाडी जिल्लाका दैबिक प्रकोप उद्धार समीतीहरुलाई करिब ४ लाख बराबरको बिपदमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरीरहेको बताइएको छ । सामाग्री ग्रहण गरेपछि पत्रकारसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले दैबिक प्रकोपमा तत्काल आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!