यस्ता छन् चार सपना हामी कहिले बिर्सदैनौं

Posted on: 24 Dec, 2016

क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन ।

उनलाई मानिसहरुले सधैं याद गरिरहने सपनाले आकर्षित गर्दछ । उनको यो आकर्षणले एउटा रोचक अध्ययन जन्माएको छ । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘मैले ती सपनामा काम गरेको छु जुन दिमागमा सधैंका लागि रहन्छन् ।’

वास्तवमा यस्ता सपनाबारे अध्ययनका लागि बुलकेले आफ्नो युवावस्थामा नै सोच बनाएका थिए । युवावस्थामा विभिन्न प्रकारका सपना नियमित रुपमा देख्न थालेपछि उनले यसबारे अध्ययन गर्ने सोच बनाएको जानकारी दिए ।

फलस्वरुप, केही वर्षभित्रै उनले एक ग्लोबल डाटाबेस तयार गरे जुन मानिसहरुले धेरै देख्छन् र सदैव याद राख्छन् । त्यसपछि उनले यी आँकडामाथि अध्ययन सुरु गरे र त्यसलाई नै आधार बनाएर उनले ती चार सपना चयन गरे जसलाई उनले ‘बिग ड्रिम्स’ को नाम दिए ।

बुलकेलेका अनुसार यस्ता बिग ड्रिम्स मानिसले कहिले पनि बिर्संदैनन् । उनले ती सपना र त्यसको अर्थ पनि बताए ।

१. तल झर्नुः

उचाईबाट तल खसेको सपना मानिसहरुले धेरै देख्छन् । हावामा उडेको सपनाभन्दा निकै धेरै पटक यस्तो सपना देखिन्छ । यो सपनालाई मानिसहरुले कहिले पनि बिर्संदैनन् ।

२. सम्भोगसँग जोडिएका अनुभवः

अध्ययनका अनुसार सम्भोगसँग जोडिएका सपना पनि मानिसले कहिले भुल्दैनन् । विशेष कुरा के छ भने सेक्ससँग सम्बन्धित सपना महिलाभन्दा पुरुषले बढि देख्छन् (अध्ययनमा संलग्न ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला) ।

३. स्कूल, स्कूलका गुरु र पढाईः

थोरै समयसम्म स्कूलको शिक्षा लिनेहरुले पनि स्कूलको अनुभव, स्कूलका गुरु र पढाईसँग जोडिएको सपना पनि याद राख्छन् । वर्षौंसम्म पनि ।

४. कसैको हमला वा कसैले दुःख दिएकोः

यस्ता डरलाग्दो सपना साधारणतया बच्चाहरुले देख्ने गर्दछन् र मनोचिकित्सकका अनुसार यस्ता डरलाग्दो सपना मानिसले जिन्दगीभर याद राख्छन् ।

कसैले सपना देख्नु निकै नीजि र व्यक्तिगत अनुभव भएको बुलकेले बताए यद्यपी, संसारभरीका मानिसहरुको सपनामा एक प्रकारको समानता पनि पाइएको उनले बताए ।

उनी भन्छन्, ‘तपाईं हामी मात्र होइन, मानिसहरु वर्षौंदेखि सपना देख्दै आएका छन् । भिन्न संस्कृति र परिवेशमा बस्ने मानिसहरु, इतिहासको अलग काल खण्डमा जीवनयापन गरिरहेका मानिसहरुले पनि सपना देखेका थिए तर हरेक काल खण्डमा सपनालाई एक चिन्तासँग जोडेर हेरिन्छ । केही नराम्रो हुनसक्ने संकेतको रुपमा सपनालाई लिँदै आएको छ ।

बुलकेले यसलाई वास्तविकता हुनसक्ने बताएका छन् किनभने सपना देख्ने अधिकांश व्यक्तिका अनुसार नराम्रो सपना वास्तविकतामा परिणत भएको बताउने गरेका छन् ।

मानिसहरुले सपना देख्नुका पछाडि भिन्न कारण हुनसक्ने बुलकेले स्विकारेका छन् यद्यपी, यसको अनुभव सबै मानिसले एकै प्रकारको गर्ने बताए ।  बीबीसीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!