ट्वाइलेटमा मोबाइल प्रयोग गर्नु प्राणघातक

Posted on: 03 Jan, 2017

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस । 

किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ ।

सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक पटक सोच्नुस त ट्वाइलेट भन्ने दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइको मोबाइल तपाइको हातमा जुनसुकैबेला खेल्ने सामग्री हो  । तर तपाइले उक्त मोबाइलमा ट्वाइलेट देखिनै बिभिन्न रोग सर्ने ब्याक्टेरिया सारेर ल्याउनुभएको छ भने तपाइको मोबाइल तपाइको स्वास्थ्यको लागि हानिकारक भयो कि भएन ? 

कतिपयको यस्तो पनि बानी छ जो दिसा-पिसाब गरिरहँदा पनि मोबाइलमा गेम खेल्ने तथा तथा च्याट गर्ने गर्छन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जुन हावामा फैलँदा तपाइलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि टि काँ हरु मोबाइलमा टासिएर बस्छन ट्वाइलेटपछी तपाइले तपाइको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाइले पछी हातले समाउनु हुन्छ र तपाइको मुखसम्म प्रवेस गर्छ । 

अझ ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । वा कुनैपनि स्थानमा राख्छन । तपाइले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिएर रहेका हुन्छन ।

बिज्ञहरुका अनुसार ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!