काँक्रो खानुस, यस्ता १० फाइदाहरु लिनुस !

Posted on: 01 Feb, 2017

पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । सकेसम्म अर्गानिक काँक्रोको सेवन गर्नु लाभदायक हुनेछ ।

काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।

१- काँक्रोले जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।

२- काँक्रोले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

३- काँक्रोले शरीररको तौल घटाउन भरपूर मद्दत गर्दछ ।

४- शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन काँक्रोले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

५- काँक्रोले टाउको दुख्ने, अल्क्षीपन हटाउने एवम् तनावहरुबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।

६- शरीरमा पानीको र मिनरल (खनिज)को मात्रालाई कायम राख्न काँक्रोले मद्दत गर्दछ ।

७- काँक्रोले शरीरमा क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ । काँक्रोले शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८- काँक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ ।

९-यो मधुमेहका बिरामीका लागि राम्रो उपचार हो । यसले मधुमेहका बिरामीका लागि अहम भूमिका खेल्दछ ।

१०- काँक्रोले रक्तचाप नियन्त्रण गर्ने काम समेत गर्दछ । -एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!