कति पटकको शारीरिक सम्बन्ध राम्रो हुन्छ ? जानी राखौ

Posted on: 24 Sep, 2017

कति पटकको शारीरिक सम्बन्ध राम्रो हो भने त हुदैँन् । सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भए पनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन ।

यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन । धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् ।

इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ ।

सर्वेक्षण अनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् ।

यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।  एजेन्सीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!