काँक्रोले क्यान्सर हुनबाट बचाउछ,अरु के के छन् त फाइदा(जान्नुहोस)

Posted on: 26 Apr, 2018

काँक्रोको सेवनले शरीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।

काँक्रोमा ९६ प्रतिशत पानी मात्र हुने भएकोले यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रसस्त मात्रामा पाईन्छ । नियमित रुपमा काँक्रोको जुस बनाएर पिउनाले शररिको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई राख्छ ।

काँक्रोले निम्नालिखित कुराहरुमा फाइदा पुर्याउछ:-

१. काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।

२. क्यान्सरको खतरा हुनबाट जोगाउँछ ।

३. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. मधुमेह वा उच्चरक्तचाप भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।

५. काँक्रोमा क्यालोरी कम हुन्छ र पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटााउन मद्दत गर्छ । यसमा फाइबर बढीमात्रामा हुन्छ जसले खाना पचाउन मद्दत गर्छ ।

६. आँखा पोल्ने समस्याबाट छुटकारा मिल्छ । काँक्रोलाई पिसपिस गरेर काटेर आँखाको ढकनीलाई छोपेर राख्यो भने आँखालाई चिसो बनाई राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!