हर्टअट्याकबारे महिलालार्इ किन थाहा हुँदैन ? पुरुषभन्दा महिलामा बढी खतरा

Posted on: 06 May, 2018

एजेन्सी– ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै,  हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ।

हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा पुरुषभन्दा युवा महिलाको मृत्यु हुने खतरा बढी छ ।’ ‘दि जर्नल सर्कुलेसन’ मा यो अध्ययन प्रकाशित छ।

 अध्ययनअनुसार अधिकांश महिला तथा पुरुषमा हृदयाघातको लक्षणका रुपमा छाति दुख्ने हुन्छ ।तर महिलाहरुले कहिलेकाही छाति दुखेको महसुस नगर्ने हुन्छन् । सन् २००१ र २०१० का बीचमा गरिएको अध्ययनअनुसार अस्पतालमा हुने हृदयाघातका मृत्यु महिलामा ३.३ देखि २.३ प्रतिशत थियो भने पुरुषको मृत्यु २ देखि  १.८ प्रतिशत देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक ४० सेकेन्डमा हृदयाघात हुने गरेको छ । बेलायतमा भने हरेक ७ मिनेटमा एकजनालाई हृदयाघात हुने गरेको च्यारिटी हर्ट युकेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने मृत्युमध्ये कोरोनरी हार्ट डिजिजजस्ता मुटु रोग प्रमुख कारा हुने गरेको छ।

यस्तै, अगष्ट २००८ देखि जनवरी २०१२ को बीचमा अमेरिकाका १ सय ३ अस्पतालमा गरिएको अध्ययनअनुसार भर्ना भएका १८ देखि ५५ वर्षका मानिसमध्ये महिलाको संख्या २००९ थियो भने पुरुषको संख्या ९७६ थियो । 

महिलामा देखिने हृदयाघातको थप लक्षण

अपच

पेट दुखाई

घाँटी र बंगाराको दुखाई

नाडीमा पीडा र असजिलोपन

श्वास फेर्न अप्ठेरो हुनु

यस बिषयमा तपाइको प्रतिक्रिया...!