आजैदेखि यस्ता ११ बानीहरु त्याग्नुहोस्

Posted on: 13 May, 2018

तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्नु हुन्छ त्येसैले यस्ता बानीहरु आजै बाट त्यागिहाल्नुस । पढ्नुहोस के के रहेछन ति बानीहरु ।

१.मनको कुरा लुकाउने-  मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यति तपाईले आफ्नो भावना वा विचारलाई अरुसामु प्रष्ट राख्नुभो भने तपाईलाई अरुले बुझ्न सक्दछन् । जसले गर्दा तपाईको इमान्दारिता पनि बढ्छ ।

२.जतिबेला पनि निराश हुने- जतिबेला पनि निराश वा दुखी हुने मानिसले आफ्नो इमेज वा छवि विगारिरहेको हुन्छ । विशेषगरी अफिसमा काम गर्ने मानिस निराश वा बेखुशी देखिएमा अरुले त्यस्तो मानिस असक्षम भएको र त्यस्तो मानिसले कसैलाई पनि विश्वास नगर्ने भन्ने बुझ्दछन् ।

३.फेसबुकमा धेरै फोटो हाल्ने- हालै गरिएको एक अध्ययनले जो मानिसले फेसबुकमा बढी फोटो हाल्छन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो ।

४. छलफल वा गफ गर्दा मोबाइल चलाउने- प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ ।

५. सबैसँग ठीक्क हुने- सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाईले पनि यस्तो गर्नुहुन्छ भने तपाईले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाही नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् ।

६. हाँसो ठट्टा वा मजाक नगर्ने-  विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको थियो ।

७. नहाँस्ने वा नमुस्कुराउने-  जो मानिस मुस्कुराउँछ वा हाँस्दछ त्यो मानिस सबैको प्रिय हुन्छ । यदि पहिलो भेटमा तपाई मुस्कुराउनु भयो भने तपाईलाई भेट्ने मानिसलाई तपाईको अनुहार भुल्न निक कठिन हुन्छ । तर दुखद अवसरमा मुस्कुराउँनु राम्रो मानिदैन किनभने यस्तो अवसरमा हाँस्दा वा मुस्कुराउँदा तपाई संवेदनाहीन वा क्रुर मानिस हो भन्ने सन्देश जान्छ ।

८. नङ टोक्ने वा नाक कोट्याउने- सार्वजनिक ठाँउमा बस्दा वा हिड्दा दाँतले नङ टोक्ने वा औंलाले नाक कोट्याउने बानीले तपाईको व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यसकारण यो बानी छ भने हटाइहाल्नुहोस् ।

९. अरुको कुरा गर्ने वा कुरा काट्ने- कसैकसैको बानी नै अरुको कुरा काट्ने हुन्छ । तर यस्ता मानिसलाई धेरैले मन पराउँदैनन् । यसको कारण के हो भन्दा एउटाको कुरा काट्ने मानिसले अर्कोको पनि कुरा काट्छ । यदि तपाईले कसैसँग कसैको कुरा काट्नु भएको छ भने कुरा सुनिरहेको मानिसलाई तपाईले उसका बारेमा पनि अरुसँग कुरा काट्नुहुन्छ भन्ने परेको हुन्छ ।

१०. सानो कुरामा पनि गुनासो वा टिप्पणी गर्ने-  मानिसले अरुको सामान्य गल्ती वा कमजोरीबारे टिप्पणी गर्दा वा सामान्य कुराबारे पनि गुनासो गर्दा आफूलाई गौरव भएको महसुस गर्दछन् । तर सामान्य कुराबमा पनि पटक पटक टिप्पणी वा गुनासो गर्नु भनेको कचकच गर्नु जस्तै हो । त्यही भएर यस्ता कचकचे मानिस पनि धेरैका अप्रिय नै हुन्छन् ।

११. चाहिनेभन्दा बढी नम्र हुने-  नम्रता राम्रो गुण हो । तर चाहिनेभन्दा बढी नम्र हुनु निकै खराव मानिन्छ । अरुले तारीफ गरुन् भनेर जतिबेला पनि नम्र हुँदा धेरैलाई मन परिरहेको हुदैन । त्यही भएर धेरै नम्र हुने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!