६० बर्षमा १२०० चोटी रक्तदान, यसकारण उनलाई भगवान मानिन्छ...

Posted on: 16 May, 2018

जेठ २, एजेन्सी | अस्ट्रेलियाको नागरिक जेम्स ह्यारिसनलाई भगवानको दर्जा दिईएको छ | कारण हो, उनले विगत ६० बर्षदेखि रक्तदान गर्दै आएका छन् | 

६० बर्षको अन्तरलमा ह्यारिसले २४ लाख भन्दा बढी बालबालिकाको ज्यान बचाईसके | त्यहि कारणले गर्दा उनको हातलाई 'गोल्डन आर्म' पनि भनिन्छ |

- जेम्स हैरिसनले अहिलेसम्म लाखौं बालबालिकालाई जीवनदान दिएका छन् | चिकित्सकको अनुसार उनको रगतमा एउटा विशेषता पाईएको छ, जुन सामान्य मान्छेको रगतमा हुँदैन |

- उनको रगतमा एक किसिमको यूनिक एन्टीबडी रहेको छ | जुनलाई एन्टी-डी पनि भनिन्छ | यो एन्टी-डीले गर्भमा रहेको बच्चामा लाग्ने गरेको ब्रेन ड्यामेज र धेरै डरलाग्दो रोगबाट लड्न तागत दिन्छ |


- चिकित्सकको अनुसार सम्वन्धित रोग लागेको बच्चालाई समयमा नै रगत दिन नसके गर्भमा नै मृत्यु हुने सभावना रहेको छ |

- जेम्स ह्यारिसनले १२ सय चोटी रक्तदान गरिसके | तर उनको बृद्धावस्थाको कारणले गर्दा डाक्टरले उनलाई रक्तदान दिनबाट बन्चित गराएको छ |

- सन् १९६४ बाट रक्तदान दिंदै आएका जेम्स अब रक्तदान गर्न नपाउदा दुखि छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!