विवाहको २० बर्षपछि अर्जुन रामपालको सम्बन्ध बिछेद

Posted on: 28 May, 2018

 

जेठ १४, एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् । लामो समय देखि दुईबीचको सम्बन्धमा खटपट चलेको थियो ।

भारतीय मिडियाको अनुसार दुबैको सम्बन्धमा दूरी ल्याउन ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान जिम्मेवार रहेकी छिन् |

पछिल्लो समय सम्बन्धमा आएको खटपटका कारण अर्जुन रामपालले  आफ्नो घर छोडेर हिँडेको खबर समेत बाहिरीको थियो | 

भारतीय सञ्चारमाध्यमका अनुसार सम्बन्धमा आएको खटपटपछि अर्जुन र उनकी पत्नी मेहरले अलग हुने फैसला गरेका हुन् । अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए । उनका दुई छोरी पनि छन् ।    

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!