रजनीकान्त र नाना पाटेकरको 'काला' को ट्रेलर सार्वजनिक

Posted on: 29 May, 2018


जेठ १५, काठमाडौँ। रजनीकान्त र नाना पाटेकरको बहुप्रतिक्षित फिल्म "काला"को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज भएको हो ।

७ जुनमा रिलिजको तयारीमा रहेको उक्त फिल्ममा  रजनीमान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् ।

उक्त फिल्मलाई प.रन्जितले निर्देशन गरेका हुन् भने रजनीकान्तको ज्वाई धनुषले निर्माण गरेका हुन् | उक्त फिल्ममा हुमा कुरैशी र समुथिरकानीको पनि मुख्य भूमिकामा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!