जादुगर डेविडले यसरी काटेर देखाउँछन् आफ्नो शरीर, तपाइँ पनि सिक्नुस

Posted on: 14 Jun, 2018

जेन्सी | अमेरिकाको प्रख्यात जादूगर डेविड कापरले हजारौ मान्छेको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले गर्ने गरेको एउटा यस्तो जादु छ जहाँ उनको शरीर दुई भागमा काटिन्छ | ५ मिनेटको अन्तरमा डेविडले मान्छेको आँखाको अगाडी एक चमत्कारी रुपमा आफ्नो शरीर दुई भागमा काटिएर अलग गरिदिन्छन् | यो जादु कुनै चमत्कार भन्दा कम छैन | तर उक्त जादुको पछाडी एक किसिमको चलाखी रहेको छ | के हो त यो चलाखी ? यस्तो छ पर्दा पछाडीको खेल... 

मेसिनले कसरी काटिन्छ शरीर ?

- उक्त जादुमा डेविड कापरफील्ड एउटा बाकस भित्र जान्छन् |

- उक्त बाकसमा उनको हात, खुटा बाधिएको हुन्छ | साथै शरीरको कमरको भागमा पनि बाधिन्छ |

- केहि समय पछि त्यो बाकस खुल्छ | तर उनको बाधिएको सबै भाग खुलिसकेको हुन्छ |

- एकासी उनको शरीरको भाग एउटा चक्रले सजिलो तरिकाबाट दुई भागमा काटिन्छ |

- टेबुलमा उनको शरीरको दुई भागमा राखिन्छ | त्यहि समयमा कापरफील्डको सहयोगीले उनको दुई भाग अलग गरेर देखाउछन् |

- भएन त एक किसिमको जादु ?

जादू पछाडीको चलाखी  

- यो खाले जादुमा एक किसिमको बाकसको प्रयोग हुन्छ |

- उक्त बाकसमा दुईजनाको लागी ठाउँ राखिएको हुन्छ | त्यहाँ दुईजना मान्छे लुकेर बस्न मिल्ने ठाउँ हुन्छ |

- लुकेर बसेको मान्छेको कारणले गर्दा नै दुईवटा शरीर देखिएको हो | एउटामा डेविड र अर्कोमा उनको सहयोगी हुन्छ |

- डेविड र उनको सहयोगीले एकै किसिमको लुगा र जुत्ता लगाएको हुन्छ |

- बाकसको बीच भागमा रहेको उक्त चक्रमा एक खाली ठाउँ हुन्छ | जसको कारणले गर्दा चक्र भित्रसम्म जान्छ |

- जसको कारणले गर्दा बाकस काट्दा पनि शरीरको दुई भागमा त काटिएको देखिन्छ, तर मान्छे भने काटिएको हुँदैन | 

तश्विरमा हेर्नुहोस् तरिका 



यस बिषयमा तपाइको प्रतिक्रिया...!