यस्ता ६ कारणले गर्दा घट्छ मानिसको उमेर

Posted on: 17 Jun, 2018

महाभारतमा सबै मानिसको उमेर १०० बर्ष बताइएको छ, तर पनि मानिस किन कम उमेरमै मर्छन ? यसको कारण महात्मा विदुरले धृतराष्ट्रलाई बताएका थिए । विदुरले भनेका तलको श्लोकबाट यस कुराको सजिलो तरिकाले सम्झन सकिन्छ -

श्लोक-

अतिमानोअतिवादश्च तथात्यागो नराधिप।

क्रोधश्चात्मविधित्सा च मित्रद्रोहश्च तानि षट्।।

एत एवासयस्तीक्ष्णा: कृन्तन्यायूंषि देहिनाम्।

एतानि मानवान् घ्नन्ति न मृत्युर्भद्रमस्तु ते।।

१. अत्याधिक घमण्ड 

हरेक समय आफ्नै प्रशंसा गर्ने, आफैलाई सबैभन्दा समझदार मान्ने मानिस घमण्डी मानिन्छ । आफैलाई सबैभन्दा श्रेष्ठ र अरुलाई सानो सम्झने मानिसको घमण्डको कारणले पनि मानिसको उमेर कम हुन्छ ।

२. धेरै बोल्ने 

आवश्यकता भन्दा बढी बोल्ने मानिसहरु हामीले देखे-भेटेका छौं । आवश्यकता भन्दा बढी बोल्ने मानिसको पनि उमेर कम हुन्छ । धेरै बोल्ने मानिसले मैले के बोले र्त्यसको प्रभाव पछी के पर्न सक्छ भन्ने समेत भुलेको हुन्छ । त्यस्ता मानिसले कयौं पटक नकारात्मक परिणामको सामना गर्नुपर्ने पनि हुन्छ । धेरै बोल्नु बानी भएकाहरुले चाहेर पनि आफुलाई कन्ट्रोलमा राख्न सक्दैनन् । जसको असर मानव जीवनमा पर्छ र यस्ता मानिसको उमेर कम हुन्छ । 

३. क्रोध (रिस)

क्रोधलाई मानिसको सबैभन्दा ठूलो सत्रु मानिएको छ । रिसको झोकमा मानिसले जस्तो काम पनि गर्न सक्छ, जसको कारण रिसाउनेलाई ठूलो नोक्सान पनि व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले पनि हुन सक्छ मानिसको उमेर घट्नुमा यसलाई पनि मुख्य कारण मानिएको छ । 

४. त्याग नगर्नु


समाजमा सुख-शान्तिसँग बस्नको लागि मानिसमा त्याग र सर्मपणको भावना हुनु पर्छ । एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ । त्याग र आफ्नोपनको कमी पनि मनुष्यको आयु घटाउने कारण हुनसक्छ ।

५. मित्रलाई ढोका दिनु 

शास्त्रको अनुसार, साथीलाई धोका दिनु महापाप हो । यसको कारण पनि मानिसको उमेर घट्छ ।

६. लोभ गर्नु 

लोभ मानिसको दुश्मन मानिन्छ । लोभको कारण मानिसको आफ्नो भन्ने भावनानै हराएर जान्छ । जब मानिसलाई अरुसँग भएको कुरा आफूसंग पनि होस् भन्ने चाहन्छ तव त्यसलाई लोभ भनिन्छ । लोभी मानिसले त्याग गर्दैन । लोभ पनि मानिसको उमेर घटाउनमा प्रमुख कारण मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!