छिटोछिटो पिसाव लाग्छ ? सावधान ! यी ५ गम्भीर रोगको संकेत हुनसक्छ

Posted on: 13 Jul, 2018

टिप्स- धेरै मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भीर रोगको संकेत हुनसक्छ । सही समयमा यसलाई चिनेर उपचार गरेमा अनेकौं रोगबाट बच्न सकिन्छ । युरोलोजिस्ट डा विवेक झाले बारम्बार पिसाब आउने पाँच संकेतका बारेमा चर्चा गरेका छन् ।

पत्थरी:- पत्थरीका कारण मूत्रथैलीमा दबाब पर्छ जसले गर्दा घरिघरि पिसाब लाग्छ । अनि पीडा पनि हुनसक्छ ।

मधुमेह:- मधुमेह हुँदा शरीरमा अतिरिक्त ग्लुकोज बन्छ । यो ग्लुकोज पिसाबमार्फत निस्कन्छ र घरिघरि पिसाब लाग्छ ।

युरीनरी ट्य्राक्ट इन्फेक्सन:- युरीनरी ट्य्राक्ट इन्फेक्सन हुँदा मूत्रथैलीमा इरिटेसन हुन थाल्छ । अनि घरिघरि पिसाब लाग्ने समस्या हुन्छ ।

प्रोस्टेट ग्ल्यान्ड बढ्ने:- प्रोस्टेट ग्ल्यान्ड बढ्दा पनि पिसाब लाग्ने गर्छ ।

क्यान्सर:- प्रोस्टेट वा युरीनरी ट्य्राक्टको क्यान्सर हुँदा पनि घरिघरि पिसाब लाग्ने समस्या आउँछ । -एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!