महिनावारी गडबडी किन हुन्छ, यसबाट कसरी जोगिने ? जानी राखौं

Posted on: 18 Jul, 2018

जानकारी - सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । तर धेरैजसो महिलाहरु नियमित महिनावारी हुदैनन् |

धेरै  कारणले गर्दा महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्मोनल कारणसँग जोडिएको हुन्छ ।ओभरीमा थाइराइड हर्मोन बढेर वा ‘पोलिस्टिक’ हर्मोन  बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।  

युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिक प्रकृतिक समस्या हो। पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने  हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुने गर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ।

पोलिसिस्टक हर्मोन बद्नुको मुख्य कारण जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदी हुन।

डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने बसे  नि  ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने जस्ता समस्याहरु महिनवारी गडबडी हुँदा देख पर्छन्।

यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड÷पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।

जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।

कसरी बच्ने ?

– जीवनशैली परिवर्तन गर्नुपर्छ ।

– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ । 

– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।

– नियमित व्यायम गर्नुपर्छ ।

– शरीरलाई धेरै मोटो हुन दिनु हुँदैन ।

– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।

– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!