तपाइलाई यात्रा गर्दा बान्ता आउँछ ? त्यसोभए यस्तो उपाय अपनाउनुस

Posted on: 25 Jul, 2018

साउन ९, काठमाडौं । यात्रा गर्दा कतिपयलाई गाडीमा टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्नेलगायत हुने गर्छ। केही उपाय अपनाए यात्रा गर्दाका यी समस्याबाट छुटकारा पाउन सकिन्छ ।– यात्रा गर्नुअघि पेटभरि खानु हुँदैन। खाली पेट पनि यात्रा गर्नु हुन्न। चिल्लो, पिरो, मसला कम भएको खाना खानुपर्छ। यस्तो खाना पच्न समय लाग्छ। जसले गर्दा यात्रामा समस्या आउँछ।

– कारमा यात्रा गर्दा अगाडि सिटमा बस्दा ठीक हुन्छ।

– यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न। यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ।

– यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ। यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ।

– यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ। मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!