बन्दागोभीबाट बच्नुहोस्: ८ बर्षकी बालिकाको दिमागमा किराको १०० भन्दा बढी अण्डा भेटियो

Posted on: 25 Jul, 2018

स्वास्थ्य टिप्स | ८ बर्षकी बालिकाको दिमागमा टेपवर्म यानेकि एक प्रजातीको किरा (जुका) जसले १०० भन्दा बढी अण्डा सहित फेला परेको छ । टाउको दुखाईबाट शुरू भएको यो रोग तब गम्भीर बन्यो जव बालिकाको अवस्था अत्यन्त गम्भीर अवस्थामा पुग्यो । भारतको दिल्लीस्थित एक स्प्तालमा दिमागको अपरेशनपछी अब ति बालिका स्वस्थ छिन् । 

कसरी भयो यस्तो ? 

६ महिनादेखि लगातार टाउको दुखाईको समस्याबाट आक्रान्त ति बालिका भारतको गुरुग्राम स्थित बस्दै आएकी थिइन् । टाउकोमा पटक-पटक दुखाईको कारण उनि बिहोस समेत हुन्थिन । उनको परिवारले उनको समस्या ठीक पार्नको लागि उनलाई दिल्लीको फोर्टिस हस्पिटल लाग्यो । परिक्षणपछी पत्ता लाग्यो कि दिमागमा समस्या छ । डाक्टरहरुले लक्षणको आधारमा माने कि ति बालिकालाई न्यूरोसिस्टीसरकोसिसको रोग छ । उनलाई दुखाई कम गर्ने औषधि दिन थालियो । तर पनि कुनै असर भएन । झनै समस्या बढ्दै गयो । 

त्यसपछी गंभीर अवस्थामा रोग बढेपछी बालिकालाई स्वासप्रस्वासमा समेत समस्या हुन थाल्यो । यस्तो अवस्थामा उनको सिटी स्क्यान गरियो । रिपोर्टमा थाहा भयो कि उनक्को ब्रेनमा १०० भन्दा बढी दाना (अण्डा जस्तो) छ । जसलाई ध्यान दिएर हेरेपछि डाक्टरले थाहा पाएकि त्यो त टेपवर्मको अण्डा हो । जसलाई न्यूरो-सिस्टीसरकोसिस भनिन्छ ।

ब्रेनको अप्रेशन 

रोगको मुख्य कारण थाहा पाएपछि ब्रेनको अपरेशन गरि उक्त झिल्लिहरुलाई निकालियो । त्यसपछि बालिकाको स्वास्थ्य अवस्थामा सुधार भयो । तर ठूलो प्रश्न खडा भएको छ कि ति अण्डा बच्चाको दिमागसम्म कसरी पुगे ? बीबीसीको एक रिपोर्ट अनुसार अस्पतालको न्यूरोलोजी डिपार्टमेन्टका डाइरेक्टर डा. प्रवीण गुप्ताको रेखदेखमा बालिकाको उपचार जारी छ । डा. प्रवीणको अनुसार सरसफाईमा ध्यान नराख्ने र दूषित खानपान र आधा पाकेको चीज खानाले टेपवर्म पेटसम्म पुग्ने र शरीरमा रगतसँगै यो बिभिन्न भागमा जान्छ ।

तश्विरमा: सेतो-सेतो आकारको भाग जुकाको अण्डा हो ।

के हो टेपवर्म ? 

टेपवर्म एक परजीवी हो । यो आफ्नो पोषणको लागि दोश्रोमा आश्रित हुन्छ । यसको ५००० भन्दा बढी प्रजाति पाइएको छ । यसको लम्बाई १ मिमी देखि १५ मिटर सम्म हुन सक्छ । यसको सरिरमा पाचन शक्ति नहुनाले पचेको खाना मात्र खान्छ । 

यस्ता टेपवर्म मानिसको सरिरसम्म सुँगुरको मासुबाट बढी संक्रमित हुन्छ । त्यस्तै दूषित बन्दागोभी पनि अत्याधिक संक्रमणमा सामेल हुन सक्छ । विशेष गरि बर्षा याममा यस्ता तरकारी खान हुँदैन । खाएपनि निकै पकाएर खानुपर्छ सके । त्यस्तै दुषित पानी र माटोमा लगाइएको अन्य किसिमका तरकारीबाट पनि यो फैलिने खतरा हुन्छ । दूषित र आधि पाकेको सुँगुर/बुन्गुरको मासु, माछा र तरकारीबाट यो शरीरमा सर्छ । यसको अण्डाबाट निस्कने लार्वा रगतको माध्यम हुँदै दिमाग तथा अन्य भागसम्म पुग्न सक्छ ।

कसरी बच्ने ? 

- तरकारी राम्ररी धोई पखाली राम्ररी पकाएर खाने ।

- खास गरेर बर्षायाममा सलाद र काचो तरकारी नखाने ।

- दूषित मासु र आधा पाकेको माछा नखाने ।

- बर्षा यामको बेला फिल्टर गरिएको पानी प्रयोग गर्ने वा पानी उमालेर खाने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!