जिब्रो या ओठमा घाउ आएर हैरान हुनुहुन्छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय

Posted on: 27 Jul, 2018

कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । 

मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । 

यसको घरेलु उपचार सम्भव छ । 

लिकोरिस वा मुलेठी 

मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् । 

घिउकुमारी 

घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ । 

नरिवल पानी 

नरिवलको पानीले पनि खटिरा ठीक पार्छ । 

हरियो धनियाको रस 

धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् । 

मह 

महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् । 

अलैंची चूर्ण 

अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि -र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् । 

अम्बाका पात 

अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!