तपाइको आज - २०७५ श्रावण १३ गते आइतवारको राशिफल

Posted on: 29 Jul, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १३ गते  आइतवार । 

अँग्रजी मितिः ई.सं. २०१८ जुलाई महिनाको २९ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको द्वितीया तिथि ।  

योगः आयुष्मान योग, १३:२३ बजेपछि सौभाग्य योग ।

नक्षत्रः  धनिष्ठा नक्षत्र । 

करणः तैतिल करण १५:३७ बजे उपरान्त गर करण । 

चन्द्रमाः  मकर राशिमा, १६:२३ बजेपछि कुम्भ राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५:२६ बजे ।

काठमाडौंमा सूर्यास्तः १८:५३ बजे ।

राहुकालः १७:१२ बजेपछि १८:५३ बजेसम्म ।

यात्राः राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी आग्नेय दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

दिन अबरोधको बाबजुत केही महत्त्वपूर्ण उपलब्धि गर्न सकिने, राज्यको निकायबाट आवश्यक काम लिन सकिनेछ । मान–सम्मान र उच्च संपर्क विस्तार हुनसक्ने र पेशा तथा व्यवसायको स्तरबृद्धि भई आर्थिक लाभ पनि हुनेछ । राजनीतिक तथा सामाजिक कार्यमा जिम्मेवारी मिल्नसक्ने छ । आज तपाईलाई रातो रङ्ग, एक अंकको प्रयोग र सूर्य एवं भैरवदेवको स्तुति आराधना फापकर हुनेछ ।  

वृष राशिः

दबाब र अपयशको बाबजुत पूण्यार्जन गर्ने अवसर मिल्ने, अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । आँतमा खराबी र कान्तिमा मलिनताको संभावना छ ।  व्यवसायिक उन्नति, आर्थिक लाभ, यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना छ । नौ अंक पहेलो रंगको उपयोग र भगवान हनुमानदेवको स्तुति आराधना गर्नु हितकर हुनेछ । 

मिथुन राशिः

केही संघर्ष गर्नपर्ने छ । स्वास्थ्यमा समस्या आउनसक्ने भएकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने छ । आकस्मिक लाभ र अन्तिममा केही सहज हुने देखिन्छ । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको साधना बृद्धि गर्नु आज तपाईको लागि शुभ हुनेछ । 

कर्कट राशिः

दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायमा उन्नति हुनगइ लाभ मिल्नेछ । विपरितलिङ्गीको सहकार्यले विशेष काम बनाउन सहज हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । सात अङ्क, सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको भक्ति स्तुति फापकर हुनेछ ।

सिंह राशिः

पुरुषार्थ बढ्ने दिन छ । विपक्षीसँग रणनीतिक सम्झौता गर्नुले पनि फाइदा गर्नेछ । व्यवसायमा लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । आज तपाईको लागि छ अंक, हरियो तथा निलो रङ्गको प्रयोग र भैरवदेवको उपाशना गर्नु शुभप्रद हुनेछ । 

कन्या राशिः

सोँचेकै विषयको नभएर अर्कोतर्फको काम बन्ने हुनसक्ने छ । गम्भीरता पालन गर्नसकेमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो कुराको निग्रानी हुनसक्ने भएकोले चनाखो रहन जरुरी पर्नेछ । आज तपाईको लागि पाँच अंक, रातो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको स्तुति आराधना गर्नु शुभ हुनेछ ।

तुला राशिः

बैठक आदिमा मत बाझिने र असमझदारीको प्रवलता देखिन्छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिनेछ । 

वृश्चिक राशिः

पराक्रम बढेर आएकोले काममा सफलता मिल्ने छ । रपनि अल्लि बढी महत्त्व दिएको काममा भने अड्चन नआउला भन्न सकिन्न । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायमा प्रगती तथा लाभ हातपार्न सकिने छ । आज तपाईको लागि तीन अङ्क, हरियो रङ्गको प्रयोग र भैरवदेवको श्रद्धाभक्ति शुभप्रद हुनेछ । 

धनु राशिः

सावधानी अप्नाउनु पर्नेछ । वाणीको व्यवहारमा ख्याल पुर्याउनु पर्ला । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । निराधार आश्वासनको भरविश्वास नगरेकै राम्रो हुनेछ । दुई अंक, सेतो रंगको प्रयोग र भगवान सूर्यनारायणको शक्तिजागरण गर्नु शुभप्रद हुनेछ । 

मकर राशिः

दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलता प्राप्त गर्न सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । 

कुम्भ राशिः

संघर्षको अनुभूति हुनेछ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक आवश्यकमात्रै जनव्यवहारमा चेष्टा गर्नु पर्ला । 

मीन राशि

उपलब्धि हुन खोज्ने तर अपेक्षा गरेजति हुन नसक्ने खालको समय छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र गुरुजनको आर्शिवाद ग्रहण गर्नाले अपेक्षित उपलब्धि हातपार्न मद्दत हुनेछ ।  

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

(डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आयुर्वेद । ज्योतिष, योग एवं प्राकृतिक चिकित्सा कर्मी । लेखक । धर्म–अध्यात्म तथा समाजसेवा आदि क्षेत्रमा संलग्नता । 

सेवा–

मान्छेको जीवनसँग सम्बन्धित अध्ययन, बिवाह, देशविदेशको यात्रा, वैदेशिक रोजगार, व्यापार–व्यवसाय–बिजनेश, उद्योगधन्दा, आर्थिक उन्नति जस्ता विषयको बारेमा ज्योतिषीय माध्यमबाट विशेष परामर्श । चिना नहुनेहरूको बारेमा पनि अन्य विधिबाट हेरेर परामर्श दिन सकिने । कुनै पनि व्यक्तिको भाग्योदयको लागि उचित समाधान दिने । घरजग्गा एवं व्यापारिक भवनको वास्तु सम्बन्धी सेवाहरू । साथै जन्मपत्रिका (चिना) बनाउने ज्योतिष सेवासँग सम्बन्धित अन्य सेवाहरू पनि । 

राजा विरेन्द्रको मृत्यु, पहिलो संविधान तथा तात्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने, दोस्रो संविधानसभाबाट संविधान जारी हुने लगायतका भविष्यवाणी गरी चर्चित ज्योतिषी । प्रचण्डलाई एकिकृत माओवादी नाम नफापेको भविष्यवाणी गरेको र पछि प्रचण्डबाट पार्टीको नाम परिवर्तन गरेपछि प्रधानमन्त्री भएको । राजनीतिक तहले समेत उहाँको मार्गदर्शनलाई मनन् गरेका ज्योतिषी व्यक्तित्त्व । 

मान्छेको जीवनमा आइपर्ने असम्भव प्राय भइसकेका मानसिक तथा शारीरिक रोग एवं व्यवहारिक आदि जटिल समस्याको समाधान ज्योतिष र आयुर्वेद पद्धतिबाट गर्दै आएको । 

ॐ आयुर्वेद आरोग्यशाला

तथा, ज्योतिष परामर्श सेवा केन्द्र

कमलमार्ग कमलपोखरी काठमाडौं ।

संपर्क सूत्र ः ९८४१२२३१२६ ९८०३८७९९७८ (दुबै मोबाइलमा भाइबर समेत), ०१४४३१७४७, काठमाडौं बाहिर: कोहलपुर बाँके ०८१–५४०५३४

यस बिषयमा तपाइको प्रतिक्रिया...!