आज २०७५ श्रावण १५ गते मङ्गलवार, चन्द्रमा कुम्भ राशिमा (आजको राशिफल हेर्नुहोस्)

Posted on: 31 Jul, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १५ गते  मङ्गलवार । 

अँग्रजी मितिः ई.सं. २०१८ जुलाई महिनाको ३१ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको तृतीया, ०५:५८ बजेपछि चतुर्थी ।  

योगः शोभन १३:५४ बजेपछि अतिगण्ड ।

नक्षत्रः  शतभिषा ०७:३९ बजेपछि पूर्वभाद्रपदा । 

करणः भद्रा, ०५:५८ बजे उपरान्त बव । 

चन्द्रमाः कुम्भ राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५:२७ बजे ।

काठमाडौंमा सूर्यास्तः १८:५२ बजे ।

राहुकालः १५:३० बजेपछि १७:११ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त । 


मेष राशिः

दिन अर्थकर छ । शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र गुरु गणपतिको आराधना गर्नु उपयुक्त हुनेछ । 

वृष राशिः

दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । मान्यजनको दर्शन भेट् र आर्शिवाद लिनु उपयुक्त हुनेछ । 

मिथुन राशिः

नखाएको विषलाग्न सक्ने, कामकार्यमा कमजोरी देखाउने तथा आफू माथिको निकायमा सिकायत गर्ने तत्त्व क्रियाशील हुने सम्भावना छ । तथापि केहीहद्सम्म काममा सफलता र व्यवसायिक लाभ मिल्नेछ । संघर्षले पेशा एवम् व्यवसायको क्षेत्रमा प्रगति गर्नसकिने  र आर्थिक लाभ पनि हुनसक्नेछ । तीर्थादिको भ्रमणजन्य स्थितिलाई पनि गोचरले लक्षित गरिरहेको छ । 

कर्कट राशिः

स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने तथा औषधोपचारमा खर्च बढ्नसक्ने छ । बाधाब्याबधान आइलाग्ने तथा ठूलो श्रम खर्चनुपर्ने हुनसक्ने छ । ईज्जत–प्रतिष्ठामा चुनौती थपिनसक्ने छ भने विरोधिपक्षसँग पनि सावधानी रहनु पर्नेछ । मानसिक चञ्चलता र वैगुणी प्रेमसम्बन्धको यादगारले सताउनसक्ने छ । भगवान श्री गणपतिको स्तुति शुभकर हुनेछ । 

सिंह राशिः

जीवनसाथी तथा प्रेमीको सहयोगी भूमिकामा बृद्धि हुनेछ । विवाह वा प्रेमी सम्बन्धको चर्चा एवं वातावरण बन्नसक्ने छ ।  देश परदेशको यात्रा हुनसक्ने सम्भावना छ । पेशा तथा व्यापार व्यवसायबाट आर्थिक लाभ हुनसक्ने छ । सामाजिक प्रतिष्ठामा बढ्ने र मानसम्मान प्राप्त हुनेछ । कृषिकर्मीको लागि पनि दिन उपलब्धिमूलक रहनेछ । सात अङ्क, सेतो रङ्गको उपयोगिता र उपहार व्यवहार फाइदाप्रद हुनेछ ।  

कन्या राशिः

अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा अग्रता लिनसकिने छ । स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि तपाईको कार्यको प्रशंसा मिल्नेछ । दिन खेलकुदकर्मीलाई पनि महत्त्वपूर्ण रहनेछ । हरियो रंग, छ अंक अनुकूल रहने छ भने गणेशभगवानको आराधना गर्नु विशेष शुभकर हुनेछ । 

तुला राशिः

आत्मप्रशंसाको आसक्ति एवम् विद्वतताको अहं तथा अनाबश्यक फुतिफार्तिले आफैलाई हलुङ्गो बनाउनसक्ने छ । फगतको विषयान्तर चर्चाले आफ्नै कामकार्यमा बाधापुग्ने साथै अन्तिममा पछुतो हुनसक्ने छ । तथापि दैनिक व्यवसाय आदिबाट आंशिक लाभ गर्न सकिने छ  । पाँच अङ्क, रातारङ्गको प्रयोग एवम् भगवान गणेश एवं हनुमानवीरको भक्ति तथा सेवा गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः

वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना रहेकोले होसियारी पुर्याउन जरुरी देखिन्छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । चार अंक, सेतो रङ्गको प्रयोग उपयुक्त हुनेछ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ । 

धनु राशिः

पराक्रम बढ्ने स्फुर्तिकर ग्रहगोचर परेकको दिन छ । आज समयको सदुपयोग गर्नसकेको खण्डमा केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । आँटेताकेको कामकार्यमा सफलता हातपार्न सकिनेछ भने स्वजनहरुबाट पनि सहयोग मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको उपयोग र गुरुगणपतिको सेवाश्रद्धा तथा शक्ति जागरण गर्नु शुभकर हुनेछ । 

मकर राशिः

केही अदृष्य रोकावटको सामना तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने पछि छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान श्री गणेशजीको सेवाश्रद्धा एवं भक्तिभाव गर्नु हितप्रद हुनेछ । 

कुम्भ राशिः

आकर्षण बढ्नाले मान्छेहरु प्रभावित हुने छन् । मानप्रतिष्ठामा बढोत्तरी हुने, स्वादिष्ट भोजनको अवसर मिल्ने, केही धनार्जन पनि हुने र भौतिक सुख मिल्ने छ । नया“ पेशा एवम् व्यवसायको बारेमा विचार मन्थन हुनसक्ने छ । औपचारिक गोष्ठी–कार्यक्रम आदिमा संलग्नताको अवसर पनि देखिएको छ । पारिवारिक–साथीभाईबाट सहयोग र लाभ एवं सन्तोष मिल्ने छ । 

मीन राशि

अनपेक्षित रुपमा म बन्ने र आकस्मिक रुपमा केही अर्थोपार्जन हुने तथा साथ सहयोग पनि मिल्नेछ । भगवान गणेशजीको दर्शन भक्ति उत्तम हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!