तपाइँको आजको भाग्यफल (राशिफल) हेर्नुहोस्

Posted on: 01 Aug, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १६ गते  बुधवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०१ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको चतुर्थी, ०७ः०२ बजेपछि पञ्चमी ।  

योगः अतिगण्ड १३ः४१ बजेपछि सुकर्मा ।

नक्षत्रः  पूर्वभाद्रपदा ०९ः२० बजेपछि उत्तरभाद्रपदा । 

करणः बालव, ०७ः०२ बजे उपरान्त कौलव । 

चन्द्रमाः  मीन राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः२७ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५१ बजे ।

राहुकालः १२ः०९ बजेपछि १३ः४९ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः

दिन खर्चपूर्ण, सञ्चित धनको अपव्यय तथा कार्यमा असफलता तथा अबरोध जस्ता प्रतिकूलताप्रद छ । बढी परिश्रम एवं संघर्षले मात्रै केही उपलब्धि गर्नसकिएला । मिथ्याऽपवाद तथा अनावश्यक शंका–भयको सामना गर्नपर्ने सम्भावना पनि देखिएको छ । भगवान श्रीहरिको स्तुति भक्ति शुभप्रद हुनेछ । 

वृष राशिः

मुख्य कार्यमा अदृष्य बाधाअबरोध देखिएको छ, निवारणको लागि पवनपुत्र हनुमानको भक्तिभाव तथा सेवाआरधना वा अन्य कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । इष्टजनसँग पनि भेट्घाट हुन र आफन्तजनको शुभसमाचार सुन्न पाइने दिन रहेको छ । व्यवसायबाट लाभ हात पर्ने तथा सहयोग मिल्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगावन महावीर हनुमानको श्रद्धाभक्ति गर्नु फापसिद्ध हुनेछ । 

मिथुन राशिः

ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । विशेष महत्त्व दिइएको कार्य बनाउन सकिनेछ सोही अनुसारले समय दिनु पर्ला । पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक क्षेत्रमा जिम्मेवारी तथा पदीय हैसियत बढ्ने छ । एक अङ्क, रातो रङ्गको प्रयोग र मान्यजनको भेट्घाट तथा आर्शिवाद ग्रहण फापकर हुनेछ । 

कर्कट राशिः

थोरैले चित्त बुझ्न कठिन धेरै प्राप्तहुन गार्हो हुने छ । निर्वाह चल्ने र गर्जोसम्म टर्नेछ । माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब आउनसक्ने गोचर देखिएको छ ख्याल पुर्याउनु पर्नेछ । ईष्र्यालु तथा कमजोरी खोज्नेहरु पनि सक्रिय रहनसक्ने छन् सावधानी रहनुपर्ला । माँ लक्ष्मीको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

सिंह राशिः

कामकार्यमा सफलता पाउनलाई कठिन पर्ने छ । बाधा अड्चन तथा अपयशजन्य परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यले पनि त्यति साथ दिन नसक्ने र व्यवहार तथा व्यवसायमा कमिकमजोरी भेटिन सक्नेछ । भगवान लक्ष्मीनारायणको स्तुति गर्नु हितप्रद हुनेछ । 

कन्या राशिः

विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । यात्रा, व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग गर्नु र माँ बगलामुखीको स्तुति आराधना गर्नु अनुकूल रहने छ भने विपरित लिङ्गीलाई उपहार दिनु पनि फापसिद्ध हुनेछ ।

तुला राशिः

व्यवसाय तथा व्यापार आदिबाट लाभ प्राप्त गर्नसकिने छ । अन्य जनव्यवहारका कार्यबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । स्वास्थ्यमा आरोग्यता बढ्नेछ भने अनुहारमा कान्ति छाउने छ । थातिरहेका कामहरु पूरा गर्ने अवसर प्राप्त भएको छ । विशेष स्थान विशेषको यात्रा योजना बन्नसक्ने छ । खेलाडि तथा अन्य शारीरिक प्रतिस्पर्धीहरुलाई सफलता मिल्ने छ । 

वृश्चिक राशिः

विद्याको घमण्ड बढ्नसक्ने सम्भावना देखिन्छ । प्रमाद नगरे विद्याबुद्धि बढाउनसकिने छ । सैधान्तिक र नीतिगत विषयमा सजगता नअप्नाए मुल्याङ्कनमा कमजोरी देखिनसक्ने ेछ ।  पाँच अंक, रातो रङ्गको उपयोग र भगवान श्रीहरिको दर्शनभक्ति एवं सेवाआराधना गर्नु शुभप्रद हुनेछ । 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन यद्यपि योजना भन्दा बाहिरको काम बनेर राहत मिल्ने छ र पनि बैठक आदिमा मत बाझिने र असमझदारीको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने छ । आमाको आर्शिवाद लिनु हितप्रद हुनेछ । 

मकर राशिः

उपयुक्त उपलब्धि हासिल गर्न अहंस्वभावलाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । व्यवहारिक ढङ्गलले अघि बढ्नाले महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र मान्छेहरुबाट प्रशंसा पनि मिल्ने छ । भगवान विष्णुको ध्यान तप गर्नाले थप सफलताकारक हुनेछ । 

कुम्भ राशिः

बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न । व्यवसायिक कार्यमा केही प्रगति हुने देखिएको छ रपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा भगवान नारायणको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

मीन राशि

प्रशंसा  मिल्ने र कामकार्यमा उत्साह बढ्ने तथा खुशी एवं उमंग छाउनेछ । स्वागत सत्कार प्राप्त गर्ने अवसर मिल्ने छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट फाइदा उठाउन सक्नुहुनेछ । एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने भैरवदेको स्तुति आराधना एवं उपाशना गर्नु शुभकर हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!