तपाइको आजको राशिफल हेर्नुहोस् - श्रावण १७ गते बिहीवार, उत्तर दिशाको यात्रा उपयुक्त

Posted on: 02 Aug, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १७ गते  बिहीवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०२ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको पञ्चमी, ०७ः३६ बजेपछि षष्ठी ।  

योगः सुकर्मा १३ः०४ बजेपछि धृति ।

नक्षत्रः  उत्तरभाद्रपदा १०ः३३ बजेपछि रेवती । 

करणः तैतिल, ०७ः३६ बजे उपरान्त गर । 

चन्द्रमाः  मीन राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः२८ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५१ बजे ।

राहुकालः १३ः४९ बजेपछि १५ः३० बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः

कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । खर्चको मात्रा बढ्ने देखिन्छ । कामकार्यमा पनि अबरोधको सामना गर्नुपर्ने छ । तीन अंक र पहेंलो रङ्गको उपयोग शुभ हुनेछ भने माँ बगलामुखीको दर्शनभक्ति गर्न सक्नुहुनेछ ।

वृष राशिः

आश्वासन पाएको तथा बढी कोसिस गरिएको काम बन्न अल्लि कठिन देखिएको छ । उठ्नपर्ने धन असुली हुनपनि कठिन पर्नसक्ने छ । रपनि कोषमा केही अर्थ सङ्कलन हुनेछ । व्यापार तथा व्यवसायिक कामकार्यबाट केही लाभ गर्नसकिने छ । दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ बगलामुखीको साथमा महावीर हनुमानजीको स्तुति आराधना गर्नु हितप्रद हुनेछ ।

मिथुन राशिः

मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना छ । राम्रो लाभ एवं उपलब्धि हुनेछ । केही हद्सम्म सम्मानित स्थान प्राप्त हुनेछ भने औकात अनुसारको जिम्मेवारी लिनु ठिकै हुनेछ । कार्यक्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । महत्तवपुर्ण ठानिएको कार्ययोजनाको बारेमा छलफल हुनसक्ने छ । एक अंक, रातो रंग प्रयोग र मान्य तथा गुरुजनको दर्शनभेट् गर्नु हितकर हुनेछ । 

कर्कट राशिः

कान्तिमा मलिनता, दबाब एवं अपयशको बाबजुत अन्ततः काममा सफलता मिल्नेछ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । नौ अंक पहेलो रंगको प्रयोग र माँ बगलामुखीको स्तुति ध्यान गर्नुले परिणाम राम्रो आउनेछ । धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ । 

सिंह राशिः

स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने ग्रहप्रभाव छ । दीर्घरोगीले आहारविहारमा बढी ख्याल पुर्याउनुहोला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा शत्रुप्रभाव बढ्ने सम्भावना रहेको छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न र शत्रुको प्रभावलाई न्यून गर्न सकिने छ । आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु होला । 

कन्या राशिः

अबरोधको बाबजुत भौतिक कर्मबाट लाभ मिल्नेछ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । पारिवारिक कर्तव्य पूरा गर्नपनि सकिने छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । दाम्पत्य भूमिकामा बृद्धि हुने तथा प्रेमसम्बन्धलाई समय दिनपर्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग र ग्रह अबरोध निवारणको लागि माँ बगलामुखीको श्रद्धाभक्ति सेवा आराधना गर्नु शुभप्रद रहनेछ । 

तुला राशिः

व्यवसायबाट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । हरियो रंग, छ अंकको प्रयोग गर्नु अनुकूल रहने छ भने कूलदेवता एवं पितृदेवको श्रद्धाभक्ति एवं दर्शन गर्नु शुभप्रद हुनेछ । 

वृश्चिक राशिः

विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । कसैकसैलाई बढी विद्वतता छाट्न खोज्दा गोपनियता खुस्कने र गर्नैपर्ने काम थाति रहनसक्ने पनि सम्भावना छ ख्यालपुर्याउनु होला । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

धनु राशिः

कामकार्यमा विभिन्न दृष्यादृष्य अबरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट सफलता एवं आकस्मिक लाभ मिलनसक्ने छ । योजनामा नपरेको काम बन्दा उमङ्ग बढ्नेछ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वरदानतुल्य हुनेछ । 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उद्यमकार्य सम्पादन गर्न सकिने छ । पुरुषार्थ बढ्ने र कामकार्यमा मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । कुनै मातृशक्तिको कारणले गर्नै खोजेको इष्टकार्यमा अबरोध नआउला भने भन्नसकिन्न । विचारविमर्श र व्यवहारिकतामा ध्यान दिनु बुद्धिमानी हुनेछ । माँ इन्द्रायणीको सेवा आराधना, हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ । 

कुम्भ राशिः

बोलीवचनको प्रभाव अनुकूल पार्न प्रयत्न गर्नुपर्ने छ भने संयम पनि त्यतिकै आवश्यक रहनेछ । आर्थिक अपव्ययको सम्भावना छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा विचार पुर्याएर व्यवहार गर्नुपर्ला । दुई अंक,सेतो रंगको प्रयोग र विद्यार्थीको लागि माँ सरस्वतीको वन्दना गर्नु शुभप्रद रहने छ । 

मीन राशिः

बढी ईच्छाएको काममा संघर्ष पर्नसक्ने कुरालाई नकार्न सकिन्न । समयको सदुपयोग गर्नाले मानप्रतिष्ठामा भने बृद्धि हुनेछ । क्षणिक रुपमा भएपनि बोलीव्यवहारले मान्छेलाई प्रभाव पारेर सत्कार्यको लागि आकर्षण गर्न सकिनेछ । कामकार्य आदिको बारेमा सोँच विचार तथा योजना बन्नसक्ने छ । भैरवदेवको दर्शनभक्ति गर्नु शुभकर हुनेछ । 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

(डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आय७३घढसर्वेद । ज्योतिष, योग एवं

प्राकृतिक चिकित्सा कर्मी । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!