आज २०७५ श्रावण १८ गते शुक्रवार - तपाइको आजको दिन कस्तो रहन्छ, हेर्नुहोस्

Posted on: 03 Aug, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १८ गते  शुक्रवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०३ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको षष्ठी, ०७ः४१ बजेपछि सप्तमी ।  

योगः धृति १२ः०३ बजेपछि शूल ।

नक्षत्रः  रेवती ११ः१५ बजेपछि अश्विनी । 

करणः वणिज, ०७ः४१ बजे उपरान्त भद्रा । 

चन्द्रमाः  मीन राशिमा, ११ः१५ बजेपछि मेषमा । 

काठमाडौंमा सूर्योदयः ०५ः२८ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५० बजे ।

राहुकालः १०ः२८ बजेपछि १२ः०९ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त । 

मेष राशिः

मध्यान्हसम्म सामान्यतया संघर्षकर रहने देखिएको छ । केही कठिनाई तथा कामकार्यमा बाधाअड्चनजन्य संघर्षको मुकाविला गर्नपर्नसक्ने छ । तदोपरान्तबाट क्रमशः रमाइलो रहनेछ । अनुकूल वातावरण र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंग छाउनेछ । एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ । 

वृष राशिः

मध्यान्हसम्म ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । दानकर्मले सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ । भगवान श्री हनुमानदेवको स्तुति आरधना शुभकर हुनेछ ।  

मिथुन राशिः

ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्नुपर्ने देखिन्छ तर, मुख्य काममा अल्झन आउनसक्ने छ । रपनि पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ ।  प्रेम वा विवाह प्रस्ताव आउनसक्ने छ । भैरवदेवको उपाशना गर्नु उपयुक्त हुनेछ । 

कर्कट राशिः

मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुनखोज्ने तर कुरामामात्रै सिमित रहने हुनसक्ने छ । व्यापार व्यवसायबाट केही आर्थिक लाभ गर्न भने सकिने छ । राजनीतिकर्मी एवम् समाजसेवीको लागि सर्तमा सम्झौता गरेर केही लाभलिन सकिएला । मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन पाइने र आडभरोसा मिल्ने छ । 

सिंह राशिः

मध्यान्हसम्मको समय अल्लि कष्टकर नै रहनेछ । संघर्ष जन्य परिस्थितिसँग मुकाबिला गरिरहनु पर्नेछ । उपरान्त क्रमशः अनुकूलता आउनाले स्वास्थ्यमा सुधार आउने छ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने एवम् धर्मकर्ममा मन जाने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । नौ अंक पहेलो रंग र असहाय क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ । 

कन्या राशिः

मध्यान्हसम्म सन्तुलित नै भए पनि तदोपरान्त बुद्धिमा संकिर्णता, कार्यमा बाधाब्याबधान तथा कसैकसैलाई अपखबर मिल्नसक्ने देखिन्छ । विलासिता, राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले विचार पुर्याउन जरुरी छ । आकस्मिक झमेला आईलाग्नसक्ने छ ।  दीर्घरोगीले आहार विहारमा निकै ख्याल पुर्याउन जरुरी देखिन्छ  । 

तुला राशिः

दिन उमङ्गिलो रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । 

वृश्चिक राशिः

विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । पेशा तथा व्यवसायमा रणनीतिक परिश्रमले आंशिक लाभ गर्न सकिनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । माँ बगलामुखीको स्तुति उपाशना गर्नु आज तपाईको लागि शुभप्रद हुनेछ ।

धनु राशिः

पूर्वार्धसम्म कार्यमा अड्चन, मतान्तर आदिको बाबजुत नसोँचेको काम बनेर राहत दिनेछ । मध्याह्नपछि केही सुधार आउने देखिन्छ । आत्मबलमा ह्रास नगरी धैर्य रहने र बुद्धिविवेकले काम गर्ने गरेमा क्रमशः समस्या टर्ने र शुभ फल प्राप्ति हुनेछ । तथापि सैधान्तिक र नीतिगत विषयमा व्यवहारिक कमजोरी भेटिनसक्छ ख्याल पुर्याउनु होला ।  माँ भगवतीको सेवा आराधना गर्नु शुभप्रद रहनेछ । 

मकर राशिः

सामान्यतया पूर्वार्ध ग्रहको अबरोधको बाबजुत पनि अनुकूल रहनेछ । नगरी नहुने कार्यको लागि मध्यान्हभित्रै कोसिस गर्नु उपयुक्त हुनेछ ।  मध्यान्हपछि केही प्रतिकूल महसूस हुनसक्ने देखिन्छ । कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।   

कुम्भ राशिः

गोचरग्रहको स्थितिमा सामान्यतया सुधार भएको देखिन्छ । शारीरिक एवम् मानसिक शक्ति बढ्ने र कामप्रति ईच्छा पनि बढ्नेछ । महत्त्वपूर्ण काममा भने केही बाधा अबरोध सृजना हुनसक्ने लक्षण देखिएको छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । पेशागत क्षेत्रबाट केही आर्थिक उपार्जन गर्न सकिनेछ । माँ बगलामुखीको सेवा श्रद्धा तथा स्तुति गर्नु हितप्रद हुनेछ । 

मीन राशिः

सावधानीले लाभ गर्नसकिने छ । वाणीदोषको योग परेकोले बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ ।  सेतो रंग उपयुक्त रहने छ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति शुभप्रद हुनेछ । 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी 

(डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आय७३घढसर्वेद । ज्योतिष, योग एवं

प्राकृतिक चिकित्सा कर्मी । लेखक । धर्म–अध्यात्म तथा समाजसेवा आदि क्षेत्रमा संलग्नता

ॐ आयुर्वेद आरोग्यशाला

तथा, ज्योतिष परामर्श सेवा केन्द्र

कमलमार्ग कमलपोखरी काठमाडौं ।

संपर्क: ९८४१२२३१२६

Email: [email protected] [email protected]

Skype: Deepakguru333

यस बिषयमा तपाइको प्रतिक्रिया...!