सावधान ! भित्रि बस्त्र किन्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनैपर्छ, नत्र...

Posted on: 04 Aug, 2018

एजेन्सी:- पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ ।

त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ?

अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं-हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ ।

तर, यस्तो कुरा सही होइन । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । हुन त हामीलाई यस्ता कुरा वाहियत लाग्छ वा सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।

कस्तो कपडा ?

कपाडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कस्तो नाप ?

भित्री बस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

कस्तो रंग ?

कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

कहिले बदल्ने ?

पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी उति ख्याल गदर्ैनौं । अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी ?

पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।

पेन्टीमा यी कुरा ख्याल गर्नुहोस् है

खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्याक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ? संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!