अनुहारमा अनावश्यक रौँ आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यो विधि

Posted on: 07 Aug, 2018

शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन निम्न  उपाय अपनाएर समस्याको समाधान गर्न सक्छन् ।

वाक्सिङ

रौँलाई जरैदेखि हटाउने लोकप्रिय विधिमा पर्छ, वाक्सिङ । यसका लागि रौँ भएको ठाउँमा तातो मैन फैलाउने र कमलो कपडालाई मैनमाथि राखेर त्यसै छोडिदिने । मैन सुकेपछि कपडा बलपूर्वक तान्ने । अनावश्यक रौँ कपडासँगै बाहिर आउँछ ।

सुगरिङ

चिनीमा कागती, पानी र साइट्रिक एसिड मिसाएर लेप बनाउने र रौँ भएको ठाउँमा लगाउने । पटकपटक यस्तो गर्नाले रौँको जरा कमजोर हुन्छ र रौँ पातलो हुँदै बिस्तारै बिलाउँदै जान्छन् ।

हेयर रिमुभल क्रिम

बजारमा पाइने राम्रो कम्पनीको हेयर रिमुभल क्रिम रौँ भएको ठाउँमा लगाएर समेत अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ ।

लेजर प्रविधि

अनावश्यक रौँ हटाउने यो सबैभन्दा आधुनिक, महँगो र लोकप्रिय प्रविधि हो । यो विधिअन्तर्गत लेजर किरणको सहयोगले कपालको जरालाई कमजोर बनाइ सदैवका लागि कपाल हटाउन सकिन्छ । कपालको जरा कमजोर भएपछि कपाल झरेर जान्छ । लेजर प्रविधिबाट अनावश्यक रौँ हटाउन सातदेखि आठ पटकसम्म लेजर लाइटको प्रयोग गर्नुपर्ने हुन्छ ।

रेजर

अनावश्यक रौँ हटाउने यो सबैभन्दा लोकप्रिय विधि हो । यो विधिअन्तर्गत रेजरले रौँ खौरिने गरिन्छ । तर, यसबाट सधैँका लागि रौँलाई हटाउन सकिँदैन । एक पटक रेजर गरेर फालेपछि रौँ अझ फैलिएर आउने जोखिम रहन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!