२०७५ भाद्र २ गते शनिवार: आजको राशिफल हेर्नुहोस्

Posted on: 18 Aug, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको  २ गते  शनिवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १८ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको अष्टमी ।  

योगः ब्रह्म, २०:१२ बजेपछि ऐन्द्र ।

नक्षत्रः  विशाखा, २१:५३ बजेपछि अनुराधा । 

करणः भद्रा १७:०६ बजे पछि बव । 

चन्द्रमाः  तुला राशिमा, १५:४० बजेपछि बृश्चिकमा । 

काठमाडौंमा सूर्योदयः ०५:३६ बजे ।

काठमाडौंमा सूर्यास्तः १८:३७ बजे ।

राहुकालः ०८:५१ बजेपछि १०:२९ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । व्यापारिक यात्राको संयोग जुट्नसक्ने सम्भावना छ । माँ जगतकालीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।    

वृष राशिः

शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । छ अंक हरियो रंगको प्रयोग र भगवान महावीर हनुमानको श्रद्धाभक्ति एवं स्तुति गर्नु आज तपाईको लागि शुभकर हुनेछ ।   

मिथुन राशिः

विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत नै बनेर आउनेछ । क्रमशः पुरुषार्थ बढ्ने तथा विजय प्राप्त हुनेछ । पाँच अंक, रातो रङ्गको प्रयोग र माँ कालीको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।  

कर्कट राशिः

कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । केही संघर्ष एवम् अल्लि बढी मेहनतबाट केही फाइदा पनि गर्नसकिने छ । साँझपखबाट अनुकूलता बढ्नेछ । आमाको आर्शिवाद आज तपाईको लागि हितकर हुनेछ । 

सिंह राशिः

जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको कामलाई अगाडि बढाउने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । साँझपखबाट केही प्रतिकूलता बढ्ने र द्वन्द सृजना हुनसक्ने छ, सावधानी अप्नाउनु होला । 

कन्या राशिः

वाणीमा ओजस्विता एवम् माधुर्यताको विकास हुने ग्रहयोग परेको छ । समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । 

तुला राशिः

व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । सौगात मिल्नसक्ने ग्रहगोचरीय सम्भावना छ । बोलीवचनबाट मान्छेलाई आकर्षण गर्नसकिने छ भने ढुकुटी बढ्नेछ । एक अंक एवं रातो रङ्गको उपयोग शुभ रहने छ भने उपहारव्यवहार गर्ने र भगवान पवनपुत्र हनुमानजीको भक्तिभाव र दर्शन स्तुति गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः

शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । साँझपखबाट गोचरमा सुधार आउने र आकस्मिक लाभ एवं सफलता मिल्नेछ । ३ अंक, पहेंलो रङ्गको प्रयोग र शनिमहाकालको दर्शनभक्ति तथा स्तुति उपाशना तपाईको लागि आज शुभ हुनेछ  । 

धनु राशिः

विभिन्न खालको अबरोधको बाबजुत पनि कार्यक्षेत्रबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । साँझपखबाट केही संघर्ष एवं व्ययभार बढ्नजानेछ । दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने अबरोध निवारणको लागि भैरवदेवको दर्शन, भक्ति तथा स्तुति गर्नु शुभकर हुनेछ । 

मकर राशिः

सम्पादन गर्न खोजेको काममा सफलता मिल्ने छ । मानसान बढ्ने र केही लाभ एवम् उपलब्धि प्राप्त हुनेछ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्ने छ । भगवान शनिमहाकालको सेवा दर्शनभक्ति एवं स्तुति गर्नु हितकर हुनेछ ।

कुम्भ राशिः

सात्त्विक विचारले प्रसय पाउने, धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ भने  नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । मान र सान दुबै बढ्नेछ । नौ अंक, पहेंलो रङ्गको प्रयोग र महावीर हनुमानजीको स्तुतिस्मरणको अभ्यासले थप सफलता दिन मद्दत हुनेछ । 

मीन राशि

मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढ्ने सम्भावना छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ ।  हतार गर्दा कार्यबाधा र खतिक्षति थपिनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । साँझपखबाट गोचरमा सुधार आउने र केही सहज वातावरण सृजना हुनेछ । आठ अङ्क, रातो रङ्गको प्रयोग र शनिदेवको श्रद्धाभक्ति तथा स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ । 

ज्यो. दीपक सुवेदी (डबलगोल्डमेडलिष्ट) 

कमलमार्ग, कमलपोखरी (सिटीसेन्टरको पछाडि), काठमाडौं नेपाल ।

०१४४३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८ (दुबै मोबाइल नं.मा भाइबरसमेत) 

ईमेलः [email protected] 

फेसबुकपेजःhttps://www.facebook.com/jyotishdeepakguru

यस बिषयमा तपाइको प्रतिक्रिया...!