साताको अन्तिम दिन अर्थात भदौ ९ गते (शनिवार) आजको राशिफल हेर्नुहोस्

Posted on: 25 Aug, 2018
आजको पञ्चाङ्ग – 
नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको ९ गते  शनिवार । 
अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको २५ तारिख ।
तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको चतुर्दशी, १४ः२७ बजेपछि पूर्णिमा ।  
योगः शोभन, २१ः३६ बजेपछि अतिगण्ड ।
नक्षत्रः  श्रवण, १०ः२१ बजेपछि धनिष्ठा । 
करणः वणिज, १४ः२७ बजेपछि भद्रा । 
चन्द्रमाः  मकर राशिमा, २३ः३७ बजेपछि कुम्भमा । 
काठमाडौंमा सूर्योदयः ०५ः३९ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३१ बजे ।
राहुकालः ०८ः५२ बजेपछि १०ः२९ बजेसम्म ।
यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी अग्नि एवं नैर्ऋत्य दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफलता पनि मिल्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । सफलताको भित्री अबरोध हटाउन आज यहाँले भैरवदेवको सेवा आराधना गर्ने गर्नु उपयुक्त हुनेछ ।

वृष राशिः

केही संघर्षको बाबजुत पनि सफलता एवं लाभ दिने खालको रहेको छ । धार्मिक–आध्यात्मिक चिन्तनको वातावरण बन्ने र धार्मिक तथा सात्त्विक विचारमा विकास हुने तथा आस्थाको धरोहरमा प्रगाढता आउने छ । धर्मअध्यात्मतर्फ अग्रसरता भइने, मुख्य ठानिएको  कामकार्यमा अदृष्यअवरोध एवं अपजश आइपरे पनि लगनशीलतापूर्वक स्वकर्तव्यमा रत्रहनाले सफलता मिल्ने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्नेछ । इष्टकार्य पूर्णतातर्फ अघि बढ्ने र आ“टसाहसमा पनि बृद्धि हुनेछ । स्वजनबाट सहयोग मिल्ने हुनालो चुनौतिको प्रतिकार गर्न सहज हुनेछ । वीर हनुमानको सेवाश्रद्धा गर्नाले अबरोध हटाउन सहज हुनेछ । 

मिथुन राशिः

प्रतिकूल गोचर परेको छ । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने खालको स्थिति सृजना गर्न खोजिरहेको देखिन्छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । कसैकसैलाई राम्रो गर्न खोज्दा पनि परिणाम विपरित आउनसक्ने भएकोले स्यावासीको अपेक्षा नगर्दा सुखी भइनेछ । आठ अङ्क, रातो रङ्गको प्रयोग र भगवान महावीर हनुमानको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ । 

कर्कट राशिः

भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । प्रेमवियोगीहरुको लागि पनि नयाँ प्रेमसम्बन्ध जोडिनसक्ने सम्भावना छ । रमणीय स्थानमा घुमफिर गर्ने अवसर मिल्ने तथा नयाँ चिनजान एवं संपर्क विस्तार गर्न पाइने सम्भावना छ । व्यापार व्यवसायीहरुको लागि पनि दिन अनुकूल रहेकोले व्यवसाय आदिबाट राम्रो लाभ प्राप्त गर्नसकिने देखिन्छ । सामाजिक कामकार्यमा पनि उपलब्धि मिल्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने विपरित लिङ्गीसँग सम्झौता वा समन्वय गर्नु फापसिद्ध हुनेछ । 

सिंह राशिः

यद्यपि महत्त्वपूर्ण गन्तव्यचुम्न संघर्ष देखिएको छ, तथापि पराक्रम बढ्ने दिन रहेको छ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । छ अंक, हरियो रङ्गको उपयोग र महत्त्वपूर्ण आउने अड्चनको  निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । भैरवदेवको भक्तिभाव फापकर हुनेछ ।  

कन्या राशिः

कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुनसक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई पनि नकार्न सकिन्न । अढैया शनिको दुष्प्रभाव न्यूनिकरणको लागि शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नुको साथमा भैरवदेवको स्तुति गर्नु विशेष हितकर हुनेछ । 

तुला राशिः

काममा अबरोध आउनसक्ने वा आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनुआज यहाँको लागि बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने गोचरीय भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । अड्चनको सामना गर्दैभएपनि सकारात्मक दृढताको विकास गर्दै अघि बढेमा केही सफलता तथा पेशागत क्षेत्रबाट लाभ हातपार्न सकिने छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ ।  

वृश्चिक राशिः 

थाति रहेका कामहरु पूरा गर्ने जमर्को हुनेछ । विशेष महत्त्व दिइएको कामकार्यमा भने केही अबरोध सृजना हुनसक्ने छ । तर पनि दिन उद्यमिलो देखिन्छ । शारीरिक जोशजाँगर बढेर आउने हुनाले पुरुषार्थ गर्न सकिने र कार्यक्षेत्रमा खट्न मनलाग्ने छ । नयाँ कामकार्यको योजनाको बारेमा छलफल हुनसक्ने छ । आफन्तीजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । भैरवदेवको स्तुति गर्नु फापप्रद हुनेछ ।

धनु राशिः

व्यवहारिक ओजस्विता एवम् माधुर्यताको विकास हुनेछ ।  विभिद् समुन्नती तथा व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । नाता–कुटुम्बिक सम्बन्धमा सुधार आउने र परदेशीको आगमन हुनसक्ने छ । शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ । 

मकर राशिः

ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना पनि रहेको छ । नयाँकाममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । एक अङ्क, रातो रङ्गको प्रयोग र हनुमानदेवको दर्शन भक्तिले अरु थप हित गर्ने छ । 

कुम्भ राशिः

अनपेक्षित रुपमा शत्रुको चक्रव्यूह बढ्ने । मिथ्याऽपवाद तथा अपयश आइपर्नसक्ने सम्भावना छ । शंका–भय बढाउने गोचर भएकोले अल्लि धैर्य एवं संयमित रहन आवश्यक देखिन्छ । जोहो गरेको व्यवस्थाले नपुग्ने गरी खर्चको बहाना थपिनसक्ने छ । बढी जोड गरिएको काममा धेरै परिश्रमले सानो परिणाममा उपलब्धि मिल्न सक्नेछ भने बरु खासै चासो नदिइएको काम बनेर उपलब्धि हात लाग्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र मान्यजनको दर्शनभेट् गर्नाले दुष्परिणामबाट बचाउन मद्दत गर्नेछ । 

मीन राशिः

केही ग्रहबाधा देखिएको छ । जसको कारणले मुख्य मानिएको तथा अपेक्षा र आश्वासन मिलेको कामकार्यमा अबरोध सृजना हुने अथवा भेट्नुपर्ने मान्छेसँग भेट् नहुनसक्ने सम्भावना छ । अपेक्षा गरिएको मान्छे वा कामको बाटो हेर्नुमात्रै हुने सम्भावना छ । बाँकी दैनिकीको पक्ष ठिकै देखिएको छ । आफन्तजनको शुभसमाचार भने सुन्न पाइने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ । मुख्य कार्यमा आउने अदृष्य बाधाअबरोध निवारणको लागि माँ बगलामुखीको दर्शन भक्ति एवं गुरुजनको आर्शिवाद ग्रहण गर्नु शुभदायक हुनेछ ।

ज्यो. दीपक सुवेदी (डबलगोल्डमेडलिष्ट) 

कमलमार्ग, कमलपोखरी (सिटीसेन्टरको पछाडि), काठमाडौं नेपाल ।

०१४४३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८ (दुबै मोबाइल नं.मा भाइबरसमेत) 

ईमेलः [email protected] 

फेसबुकपेजः https://www.facebook.com/jyotishdeepakguru

यस बिषयमा तपाइको प्रतिक्रिया...!