गर्भवती महिलाले भुलेर पनि नखानुस् यी खानेकुरा, गर्भ तुहिन सक्छ

Posted on: 31 Aug, 2018

टिप्स:- पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर,कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ । यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ :

-तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।

-गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।

-नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ ।

-गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।

के खाने?

राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो ।

गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ ।

गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!