सेक्स गर्नुभन्दा अगाडि यी खानेकुरा खानुहुँदैन, यस्तो छ कारण

Posted on: 15 Sep, 2018

१. गेडागुडी : गेडागुडीलाई शरीरले चाँडै पचाउन सक्दैन र पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।

२. लसुन र प्याज : लसुन तथा प्याज खानले मुख र श्वासलाई दुर्गनिधत बनाउँछ । साथै पेट फुलाउँछ जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

३. पनिर : पनिर प्राय सबै मानिसलाई मन पर्ने एक दूधबाट बनेको परिकार हो । यसको सेवनले शरीरलाई फाइदा त गर्छ तर सेक्स गर्नुभन्दा पहिले यसको सेवन गर्नाले स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ र यौन उत्तेजनालाई शान्त बनाइदिन्छ ।

४. रातो मासु : रातो मासु शरीरमा पच्न लामो समय लाग्छ । रातो मासु खाएपछि निन्द्रा लग्ने, शरीर आलश्य हुन्छ जसले सेक्समा आनन्ददायक हुदैन ।

५. तारेको आलु : तारेको आलुमा चिल्लो बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ । सेक्समा रक्तसञ्चार तीब्र हुनु राम्रो हुन्छ साथै तारेको आलुमा नुनको मात्रा पनि कम हुन्छ जसले उत्तेजना हटाउने र अल्छी महसुस गराउँछ ।

६. पुदिना : पुदिनाले मुखलाई बासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिनाको सेवनले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ यो पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घट्नाले दुबैको यौनको चरम आनन्द प्राप्त गर्नबाट बञ्चित हुन्छन् । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!